राप्तीको छैठौ गाउँसभा सम्पन्न

२८ श्रावण २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


तिर्थराज ज्ञवाली, असार २८, मसुरीया९देउखुरी दाङ- राप्ती गाउँपालिकाको छैठा्रै गाउँसभा सम्पन्न भएको छ । गाँउपालिकाको छैठौ सभाको तेस्रो बैठकमा बार्षिक ५५ करोड २३ लाख १६ हजार ४ सय ९८ बजेट पारित गर्दै सभा सम्पन्न भएको हो । संघिय समानिकरण, संघिय शशर्त, संघिय समपुरक, प्रदेश शशर्त, प्रदेश विशेष, प्रदेश समपुरक,संघिय राजश्व बाँडफाड, प्रदेश राजश्व बाँडफाड, आन्तरिक श्रोत र गत बर्षको मौज्दात गरि यस आर्थिक वर्षको कुल बजेट पारीत गरिएको छ ।

राप्ती गाउँपालिका अध्यक्ष तथा सभा अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा भएको सभामा संसोधित बजेट पारित गर्दै गत वर्षको चालु ७६।२१ तथा पुजिगत तर्फ ६१।५१ प्रतिशतको वित्तीए प्रगति रहेको जानकारी गरिएको छ ।राप्ती गाउँपालिकाको वातावरण क्षेत्रमा कार्य गर्न सहजताको लागि राप्ती गाउँपालिकाको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्वन्धमा ब्यवस्थापन गर्न बनेको ऐन २०७७ पारित गरेको छ ।सभाले आर्थिक ऐन २०७७ मा संसोधन सहित कवाडि करको न्युनतम ठेक्का रु २ लाख कायम गर्दै मालपोत कर संकलन तथा असुलिमा बजार क्षेत्र र राजमार्गको क्षेत्रको न्युनतम जग्गा एक कट्ठा मानिदै आएकोमा कर संकलन गर्न उत्पन्न भएको समस्यालाई राजश्व परामर्श समिति मार्फत छलफल गराई टुङ्गाउने अधिकार प्रत्यायोजन गरेको छ ।

सभामा बजेट उपर उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, विधेयक माथि विधेयक समिति संयोजक जगत बहादुर थापा, र आर्थिक ऐनमा सभाका सचिव तथा प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले प्रस्टपार्नु भएको थियो ।
गाउँपालिकाको छैठौ सभा तिन वटा बैठक सम्पन्न गर्दै समापन भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नेपाली कांग्रेस वडा समितिद्धारा सम्मान
  • स्थानीय भन्छन् सुमित जस्तै ईन्चार्जको लहानमा खाचो छ
  • रुपन्देहीका शिब राज बेल्बासेको संयोजकत्वमा साझा युवा संगठन प्रदेश नम्बर…
  • प्रधानमन्त्रीका निजी चिकित्सक शाहलाई कोरोना संक्रमण
  • पहिरोबाट विस्थापित ३ परिवारलाई गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको सहयोग
  • उपभोक्ता हित संरक्षण समिती नेपालको सिद्धार्थनगर भैरहवा शाखा गठन
  • रोटरीद्वारा इन्ट्रयाक्टरहरुलाई जीवन उपयोगी सीप विकास कार्यशाला
  • शनिवार नेपालमा थपिए १ हजार २०७ जना कोरोना संक्रमित, कुल…
  • कालीगण्डकी स्याङ्जाका युवा व्यावसायिक कृषिमा अभ्यस्त
  • बाघको आक्रमणबाट एक जनाको मृत्यु