बर्दघाट ७ मा बैंक कर्मचारीमा कोरोना पाजेटिभ, सो क्षेत्रमा आवात जावतमा पुर्ण रोक लगाइयो,

प्रकाशित मिति:

रामु भुसाल ।  पश्चिम नवलपरासीको बर्दघाट वडा नम्बर ७ जिमिरेभारमा रहेको लक्ष्मी बैंक लिमिटेडमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १ घर भएका ति पुरुषमा बुटवलमै स्वाब संकलन गरि परिक्षण गर्दा कोरोना रिर्पोट पोजेटिभ देखिएको बर्दघाट नगरपालीकाका नगर प्रमुख धिरज शर्मा बस्यालले जानकारी दिनुभयो । उनि बुटवलबाट बैंक आउजाउ गरिरहेकोमा गत शुक्रबार देखि भने कार्यालय नआएको र शंका लागेपछि उनले आफै कोरोना परिक्षण गराएका थिए । बैंककै कर्मचारीमा कोरोना देखिएपछि के गर्ने भन्ने बारे छलफलमा रहेको नगर प्रमुख बस्यालले बताउनुभयो ।

यसैबीच, बर्दघाट ७ जिमिरेभारमा कोरोना सकंक्रमित भेटिएपछी सो क्षेत्र संग जोडिएका १, ६ र ७ का वडा कार्यलय, बर्दघाट उधोग बाणिज्य संघ, जिमीरेभार बजार बिकास समिती, जिमिरेभार व्यापार संघ र त्यस क्षेत्रका संघ संस्थाहरु संयुक्त बैठक बसी अर्को सुचना प्रकाशन नहुदा सम्मका लागी तिन वटै वडाका ब्यापार, ब्यवसाय, वित्तिय संघ सस्था, बैंकहरु लगाएत बन्द गर्ने निर्णय भएको वडा नं ७ का वडा अध्यक्ष ध्रुब थारुले जानकारी दिनुभएको छ । त्यस्तै, संक्रमित ब्यक्ति बर्दघाट वडा नं ४ बर्दघाट बजारमा डेरा गरी बसेको हुदा उक्त स्थानमा निजको सम्पर्कमा आएका ब्यक्तिहरुको कन्ट्याक टे्सिङ्ग भैईरहेको र निजको कोठा समेत शिल गरिएको बर्दघाट स्वस्थ्य शाखा प्रमुख माधव ज्ञवालीले बताउनुभयो ।

गत विहिबार पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १२ मा एक महिलाको कोरोना रिर्पोट पोजेटिभ आएपछी संक्रमित संग सम्पर्कमा आएका कंटयाक्ट ट्रेसिंगको आधारमा त्यस क्षेत्रमा मंगलबार १ सय ११ जनाको स्वाब संकलन गरि पिसिआर परिक्षणको लागी पठाइएको स्वास्थ्य शाखा प्रमुख ज्ञवलीले जानकारी दिनुभयो । साथै उहाँले कोरोनाको महामारी कायमै रहेकाले आवश्यक काम बाहेक घर बाहिर ननिस्कन, निस्कनै परे स्वास्थ्य सुरक्षालाई ख्यालमा राखि काम गर्नुहुन सम्पुर्णमा आग्रह समेत गर्नुभएको छ ।