लुम्बिनी मेट्रो सिटीद्वारा भदौ १ गतेसम्म यातायात सेवा बन्द

२८ श्रावण २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


बुटवल,२८ साउन । कोरोना संक्रमण दर बढ्दै गएपछि लुम्बिनी मेट्रो सिटी प्रालिले भदौ १ गतेसम्मका लागि बस सेवा बन्द गरेको छ । यात्रुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गरी यातायात सेवा बन्द गरिएको प्रालिले जनाएको छ । प्रालिका अध्यक्ष धनबहादुर अधिकारी (शंकर) र सचिव चक्रपाणी भण्डारी (ध्रुव) ले बिहीबार विज्ञप्ति जारी गरी हाल कोरोना महामारीको विषम परिस्थितिका कारण भदौ १ गतेसम्म सेवा बन्द गरिएको जानकारी गराएका छन् ।

नेपाल सरकारले गरेको एक सय बीस दिन लामो लकडाउन अन्त्य गरेसंगै सार्वजनिक यातायात सञ्चालन गर्न व्यवसायीहरुलाई आग्रह गरेको थियो,तर अन्य ठूला यातायात व्यवसायीले सरकारसंग विभिन्न माग र शर्त राखेर सेवा सुचारु नगरेका बेला यस यात्रु वर्गलाई सुविधा दिन र संकटको समयमा सरकारलाई सहयोग पु¥याउन स्वास्थ्य सुरक्षा मापदण्डहरु पूरा गरेर असार २८ गतेदेखि बुटवल–भैरहवा र बुटवल–बर्दघाटसम्म यातायात सेवा सुचारु गरेको थियौं

तर हाल आएर पुनः कोरोना संक्रमण दर बढ्दै गएको देखिएकाले आउंदो भदौ १ गतेसम्म यस प्रालिले यातायात सेवा बन्द गर्ने निर्णय गरेको छ’–विज्ञप्तिमा भनिएको छ–‘ यसबाट यात्रु वर्गमा पर्न जाने असुविधाप्रति क्षमा याचना गर्दै भदौ १ गतेसम्मको अवस्थाको समीक्षा गरेर अर्को निर्णय लिइने सम्बन्धित यात्रु महानुभावमा जानकारी गराउंदछौं, यात्रु वर्गलाई गुणस्तरीय सेवा दिन यस प्रालि सदैव कटिवद्ध रहेको छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • स्थानीय भन्छन् सुमित जस्तै ईन्चार्जको लहानमा खाचो छ
  • रुपन्देहीका शिब राज बेल्बासेको संयोजकत्वमा साझा युवा संगठन प्रदेश नम्बर…
  • प्रधानमन्त्रीका निजी चिकित्सक शाहलाई कोरोना संक्रमण
  • पहिरोबाट विस्थापित ३ परिवारलाई गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको सहयोग
  • उपभोक्ता हित संरक्षण समिती नेपालको सिद्धार्थनगर भैरहवा शाखा गठन
  • रोटरीद्वारा इन्ट्रयाक्टरहरुलाई जीवन उपयोगी सीप विकास कार्यशाला
  • शनिवार नेपालमा थपिए १ हजार २०७ जना कोरोना संक्रमित, कुल…
  • कालीगण्डकी स्याङ्जाका युवा व्यावसायिक कृषिमा अभ्यस्त
  • बाघको आक्रमणबाट एक जनाको मृत्यु
  • कंगोमा नेपाली सैनिकमाथि अधिकृतको कुटपिट