बुटवलमा बिहीबारदेखि लकडाउन

प्रकाशित मिति:

समुदायस्तरमा कोरोना भाइरसको संक्रमण तीव्र हुँदै गएपछि बुटवल उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको छ । उपमहानगरको बुधबार बसेको आकस्मिक बैठकले कडाइका साथ लकडाउन गर्ने निर्णय गरेको हो । यसअघि लकडाउन खुलेसँगै बजारमा मानिसको भिडभाड र चहलपहल बढेको, सामान्य सतर्कता पनि अपनाउन छाडेपछि उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले बताइन् ।

‘बुटवलमा रहेकालाई बाहिर जान र बुटवल आउनका लागि बिहीबार राति १२ बजेसम्म समय दिएर भदौ ५ गतेसम्मका लागि पूर्ण रूपमा लकडाउन गर्ने निर्णय भएको छ, आचार्यले भनिन् । लकडाउनका क्रममा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिने बताइएको छ । उपमहानगरले गत साताबाटै हाटबजार लगायतका भिडभाड हुने क्षेत्र बन्द गर्ने निर्णय गरेको थियो ।