भारतको बिहारकै शैलिमा मधेसी ,दलित समुदाय माथि विभेद र हत्या ,हिंसा ।

प्रकाशित मिति:

महेश सिंह सिरहा २८ श्रावण – प्रदेश नम्बर २ का सरकार, संघियसरकार र स्थानीय सरकार तथा सरोकारबाला मुख दर्शक भएको स्थानीयको आरोप रहेको छ । मधेशका जिल्लाहरूमा मधेसी दलितमाथि हत्या, हिंसा र उत्पिडनका घटना दिनानु दिन बढदै गएको छ । प्रदेश नम्बर २ का सरकार, संघिय सरकार , स्थानीय सरकार तथा सरोकारवलाहरु मुखदर्शक भएको महराको आरोप छ । २०५६ सालको भारतको बिहार कै शैलिमा मधेसी दलित समुदाय माथि विभेद र हत्या ,हिंसा भईरहे दलित अगुवा संजय महराले बताए । मधेशका जिल्लाहरूमा मधेसी दलितमाथि हत्या,हिंसा र उत्पिडनका घटना दिनानु दिन बढिरहेको छ।

२०५६ सालको चमार९सिनो बहिष्कार० आन्दोलन सिरहाबाट सुरु भएको थियो । मधेश आन्दोलनको उदगम विन्दु सिरहा नै रहेको स्थानीयको भनाइ छ । मधेसी, दलित ,आन्दोलन सिरहा बाट नै भएको हो । मधेसी दलितको आन्दोलन अब मधेस आन्दोलन भन्दा फरक किसिमको हुने महराले बताए । प्रदेश नम्बर १ , २ र प्रदेश नम्बर ५ मधेसी दलितमाथि बलात्कार, हत्या हिंसाको हर्ट स्पोर्ट सेन्टर बनेको हो । प्रदेश नम्बर एकको मोरङ जिल्लामा राज्य द्वारा पछाडि पारिएको मधेसी दलित भित्र मुस्हर सदा समुदाय लाई संघातिक हमला हुने गरेको छ । कुटपिट , प्रदेश नम्बर पाँच को नवलपरासी अङगिरा पासिलाई बलात्कार गरि हत्या गरिएको हो । त्यसै गरि प्रदेश नम्बर दुई मा शम्भु सदाको हत्या लगायत ६ जना दलितको एक महिनामा हत्या र कुटपिट र जातीय विभेद भएको छ । कुनै पनि राजनैतिक दल र पुलिस प्रशासन ले न्याय को लागि अग्रसरता न देखिएको बताए । किन भने जनावर जस्तै भारत मा दलितलाई गरिने व्यवहार नेपालको मधेशमा हुने गरेको छ । मधेसी दलित आन्दोलनमा नागरिक समाज, संचारकर्मि, र दलित शुभचिन्तक र दलित अगुवाहरू को सहयोग आवश्यक रहने छ । दलित जागरण केन्द्र नेपाल, गोलबजार सिरहाका सचिव
संजय महराले चेतावनी दिएका हुन् ।