बुटवल लेडी जेसीजले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर दिगो विकास लक्ष्य बुँदा नं १३ मा आधारित रहेर जेसीआइ बुटवल लेडी २०२० को ग्रीन बुटवलू अभियान अन्तर्गत तेस्रो चरणको वृक्षारोपण कार्यक्रम स्वास्थ्य सचेतना कायम गर्दै सम्पन्न गरिएको छ ।
बुटवल लेडी जेसीजकी अध्यक्ष जेसी कल्पना पाण्डे ज्यूको अध्यक्षता एवं बुटवल लेडी जेसीजकी संस्थापक अध्यक्ष जेसी रेखा कट्टेल ज्यू को प्रमुख आतिथ्यतामा सम्पन्न वृक्षारोपण कार्यक्रममा जम्मा १०५ वटा बिरुवाहरू मध्ये निम, निल काँडा, बेल, अम्बा, जामुनोका बिरुवाहरु बुटवल उपमहानगरपालिकाको हिलपार्क परिसरमा रोपिएको छ।
कार्यक्रममा बुटवल लेडी जेसीजका पूर्व अध्यक्ष एवं वर्तमान प्रमुख सल्लाहकार सिनेटर राधिका पोख्रेलज्यू,सल्लाहकार एव पूर्व अध्यक्ष जेसी ओमी पुनज्यू आजीवन सदस्य गीता ग्यवालीज्यू,कार्यसमिति पदाधिकारीहरु लगायत जेसीज सदस्यहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा कार्यक्रमका संयोजक जेसी शुष्मा पोखरेलज्यूको आस्था पाठ एवं सदस्य जेसी सरु थापाज्यूको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रम संस्थाकी महासचिव जेसी अनुपमा श्रेष्ठ ज्यूको सञ्चालनमा भएको थियो ।कार्यक्रम संयोजक ज्यू एवं संस्थाका अध्यक्ष ज्यूले बिरुवाहरुको सौजन्य गर्नुभएको थियो ।