ब्रोकरमा राखेको धरौटी रकममा अब लगानीकर्ताले ब्याज पाउने

प्रकाशित मिति:

काठमाडौं : लगानीकर्ताले सेयर कारोबारका लागि राखेको २५५ धरौटी मार्जिन रकममा अब प्रतिफल पाउने भएका छन् । सेयर कारोबारका लागि धरौटी राखेको रकममा प्रतिफल  ब्याज नपाएको लगानीकर्ताले गुनासो गर्दै थिए । सोही गुनासालाई सम्बोधन गर्दै धितोपत्र बोर्डले धरौटी रकममा प्रतिफल उपलब्ध गराउन निर्देशन दिएको हो ।

लगानीकर्ताले ब्रोकरलाई बुझाउने रकममा सृजित हुने रकममा दायित्व तथा प्रतिफलका सम्बन्धमा लगानीकर्ता तथा धितोपत्र दलाल व्यवसायीबीच हुने सम्झौतमा अब उल्लेख गर्नुपर्नेछ । यसका लागि बोर्डले धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ संशोधन गरेको बताएको छ ।