रिलायन्स लाइफ इन्सुरेन्सको ६३ करोडको आइपीओ आउदै

२९ श्रावण २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं : रिलायन्स लाइफ इन्सुरेन्सले ६३ करोड रुपैयाँको आइपीओ भदौ ४ गतेबाट बिक्री खुला गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ दरको ६३ लाख कित्ता आइपीओ बिक्री गर्न लागेको हो । रिलायन्सले जारी गर्न लागेको कुल ६३ लाख कित्ता आइपीओमध्ये ५५ अर्थात ३ लाख १५ हजार सामूहिक लगानी कोषलाई र समान ५५ अर्थात ३ लाख १५ कित्ता कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको ५६ लाख ७० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यस इन्सुरेन्सको आइपीओमा छिटोमा भदौ ८ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा सबै सेयर बिक्री नभए ढिलोमा भदौ २२ गतेसम्म आवेदन दिन पाइनेछ । यस इन्सुरेन्सको आइपीओमा न्यूनतम १० कित्तादेखि ६३ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । रिलायन्सको आइपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्दछ । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्दैछ ।

यसमा लगानीर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति पाएका बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो सेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ । हाल रिलायन्सको चुक्ता पुँजी १ अर्ब ७० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि यसको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सामूहिक रुपमा आलु खेती गर्दै दलित महिलाहरु
  • सामुदायिक बिद्यालयका बिद्यार्थिलाई शैक्षिक सामाग्री बितरण
  • तिलोत्तमामा ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम’
  • टिप्परको ठक्करबाट एक जनाको मृत्यु
  • ‘बेटर व्रिक–नेपाल कार्य अनुपालक अधिकृतहरुका लागि कार्यशाला गोष्ठि सम्पन्न’
  • मन्त्री अर्यालद्वारा कोटाकोटमा सामुदायिक भवन तथा मंदिर निर्माणकार्यको शिलन्यास
  • युवा नेता भण्डारीले गरे गुल्मेली विद्यार्थीलाई छात्रावृत्तीमा अध्ययन गराउने घोषणा
  • आज आइतबारको राशिफल
  • रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा रक्तदान
  • महिलाहरुको सक्रियताले दीगो आर्थिक प्रगती सम्भव : अध्यक्ष गैह्रे