सुरक्षालाई मध्यनजर गर्दै ज्यामिरेमा अस्थाई प्रहरी पोष्टको स्थापना

प्रकाशित मिति:

 

रमेश भुसाल / साउन २९ ।

सुरक्षा सम्वेदनाशिलतालाई मध्यनजर गर्दै पुर्व पश्चिम राजमार्ग अन्तरर्गत पश्चिम नवलपरासीको सुनवल ७ ज्यामिरेमा अस्थाई प्रहरी पोष्ट स्थापना भएको छ । प्रहरी साहाय निरिक्षकको कमाण्डमा रहेको पोष्टमा साहायक निरिक्षक सहित सात र ट्राफिक प्रहरी २ गरि ९ जना रहने जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

यस क्षेत्रमा सामाजिक अमनचयन गराउने र राजमार्गमा सवारी साधनको चाप सगैं हिट एण्ड रनका सवारी दुर्घटनाहरु वढिरहेको अवस्थामा समयमै पहिचान गरी त्यसबाट हुने वन्द हड्ताल, चक्काजाम जस्ता शान्ति सुरक्षामा प्रत्यक्ष असर पर्ने खालका पर्दशन र जनतामा आक्रोश वढ्ने सक्ने भन्दै प्रहरीलाई प्रमाणमुखि अनुसन्धान कार्यका लागी ज्यामिरे क्षेत्रलाई मात्र नभई समग्र जिल्लाको शान्ति सुरक्षा, अपराध रोकथाम नियन्त्रण तथा अनुसन्धानमा समेत टेवा पु¥याउने उद्देश्यले नाइट भिजन क्लोज क्यामरा सहितको अस्थाई प्रहरी पोष्टको स्थापना गएिको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख प्रहरी उपरिक्षक अजय के.सि को भनाई छ ।

अस्थाई प्रहरी पोष्टको समुद्घाट गर्दै सुनवल नगरपालिकाका नगरप्रमुख भिम वहादुर थापाले सुनवल ७ ज्यामिरेक्षेत्र पर्यटन , उद्योगका हिसवले महत्वपुर्ण रहेको र सुरक्षाका हिवसले पनि संवेदनशिलतालाई ख्याल गरी समाजिक अमनचयन , शान्ति सुरक्षा नभए समृद्धि पनि हासिल गर्न नसकिने भन्दै अस्थाई पोष्ट स्थापना संगै शान्ति सुरक्षार अमनचयन प्रयाभुति हुने विश्वास नगरपालिकाले लिएको बताउनुभयो ।

सुनवल नगरपालिकाको सहोगमा निर्मित अस्थाई प्रहरी पोष्टको समुद्घाट कार्यक्रममा नगर उप प्रमुख ददिराम अर्याल, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष हरि शर्मा, सुनवल ७ का वडा अध्यक्ष बसन्त दाहाल, बोल्दै अस्थाई प्रहरी पोष्टको स्थापना संगै सम्वेदनशिल क्षेत्र मानिएको ज्यामिरे क्षेत्रमा शान्ति शुरक्षा कायम हुनेमा विश्वास व्यक्त गनुभएको थियो ।

कार्यक्रममा इलाका प्रहरी कार्यलयका सुनवलका प्रमुख प्रहरी निरिक्षक बलराम गिरीको स्वागत मनतब्य रहेको थियो भने प्रहरी नायव निरिक्षक मदन वस्यालले कार्यक्रम संचालन गर्नुभएको थियो ।