समपूर्ण युवा क्लबको प्रथम अधिबेशन सम्पन्न, डिम(अशोक) बहादुर पुनको संयोजकत्वमा ९ सदस्यीय चयन

२९ श्रावण २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


सुरेश परियार साउन २९ गते, रुपन्देहीको तिलोत्तममा नगरपालिका वडा न१४ स्थित समपूर्ण युवा क्लब सुपौलीको प्रथम अधिबेशन आज – बिहिबार सम्पन्न भएको छ । अधिबेशनले डिम बहादुर पुनको अध्यक्षतामा ९ सदस्यीय सर्वसम्मत चयन भएको क्लबका सल्लाहाकार प्रेम थापा मगरले जानकारी दिनुभयो । क्लबको उपाध्यक्षमा प्रेम बहादुर पुन,कोषाध्यक्षमा कोपिला हरिजन,सचिबमा रवि अर्याल,सहसचिबमा सुनिल थापा र सदस्यहरुमा राधा शर्मा,दिक्षा पराजुली,राजु थारु र बासुदेव थारु चयन हुुनुभएको हो ।

कारवाकेलीको सभाहलमा भएको कार्यक्रम समपूर्ण युवा क्लब सुपौलीका अध्यक्ष डिम बहादुर पुनको अध्यक्षता,तिलोत्तममा नगरपालिका वडा न।१४का वडा अध्यक्ष सोहन प्रसाद थारुको प्रमुख आतिथ्यता तथा कार्यापालिका सदस्य एचवि रम्तेल र लिस्नु युवा क्लबका अध्यक्ष तिर्थराज मल्लको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

सोही अवसरमा बोल्दै नगर कार्यापालिका सदस्य एचवि रम्तेलले सामाजिक तथा खेलकुद क्षेत्रमा लामो समय देखि क्लबले उदारणीय कार्य गर्दै अघि बढेको बताउनुभएको छ । पुर्वाधार तथा आर्थिक विकासमा युवाहरुको सहभागिता हुनुपर्नेमा जोड दिदै क्लवको भवनका लागी जग्गा ब्यवस्थापन गर्न आफनो पहल रहने बताउनुभयो ।यस्तै कार्यक्रममा वडा सदस्य यम बहादुर थापाले क्लबले वडा कार्यालय संग समन्वय गरि सामाजिक काम गर्न आग्रह गर्नुभएको छ । विकासका सम्वाहाक युवाहरु भएको भन्दै नेतृत्व तथा ब्यक्तित्व विकासका कार्यक्रम ल्याउन क्लबलाई अपिल गर्नुभयो ।

कार्यक्रममा क्लबका अध्यक्ष डिम बहादुर पुनले बार्षिक प्रतिवेदन पेश गर्दै विगदमा विभिन्न खेलकुद,सचेतनामुलक कार्यक्रम,विकास निर्माणमा सहयोग लगायतका सामाजिक कार्यमा क्लब अग्रसर रहदै आएको तर्क गर्दै भावि दिनमा स्तरीय कार्यक्रम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । यसैगरि कार्यक्रममा दुर्गा माविका शिक्षक निल पुन,सञ्जीवनी युवा क्लबका अध्यक्ष अर्जुन केसी,टोल विकास सचिब विष्णुमाया पुन लगायतले बोल्नुभएको थियो ।कार्यक्रममा क्लब कोषाध्यक्ष कोपिला हरिजनले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।कार्यक्रममा क्लबका उपाध्यक्ष प्रेम बहादुर पुनको स्वागत तथा सचिब रवि अर्यालको सञ्चालन रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नेपाली कांग्रेस वडा समितिद्धारा सम्मान
  • स्थानीय भन्छन् सुमित जस्तै ईन्चार्जको लहानमा खाचो छ
  • रुपन्देहीका शिब राज बेल्बासेको संयोजकत्वमा साझा युवा संगठन प्रदेश नम्बर…
  • प्रधानमन्त्रीका निजी चिकित्सक शाहलाई कोरोना संक्रमण
  • पहिरोबाट विस्थापित ३ परिवारलाई गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको सहयोग
  • उपभोक्ता हित संरक्षण समिती नेपालको सिद्धार्थनगर भैरहवा शाखा गठन
  • रोटरीद्वारा इन्ट्रयाक्टरहरुलाई जीवन उपयोगी सीप विकास कार्यशाला
  • शनिवार नेपालमा थपिए १ हजार २०७ जना कोरोना संक्रमित, कुल…
  • कालीगण्डकी स्याङ्जाका युवा व्यावसायिक कृषिमा अभ्यस्त
  • बाघको आक्रमणबाट एक जनाको मृत्यु