नविल बैंकको घररजग्गा कर्जा अफरः ७: ९ प्रतिशत ब्याजदरमै ऋण दिने

प्रकाशित मिति:

नविल बैंकले घर,जग्गा किन्न सस्तो ब्याजमा ऋण दिने अफर ल्याएको छ । ३६ औं वार्षिकोत्सवको अवसर पारेर बैंकले वार्षिक ७। ९९ प्रतिशत व्याजदरमै ग्राहकले नविल बैंकबाट घरजग्गा किन्नका लागि ऋण लिन पाउने छन्। बैंककी रिटेल लेन्डिङ प्रमुख चाँदनी श्रेष्ठले तोकिएको व्याजदर एक वर्षसम्म नबढ्ने जानकारी दिइन्। हाम्रो आधार दर एकदमै न्यून ७। ३ प्रतिशत मात्रै छ, यो अझै घट्ने क्रममा देखिन्छ, त्यसकारण ऋणीलाई एक वर्षसम्म ब्याज बढ्दैन, बरु घट्ने सम्भावना छ’ उनले भनिन्। उनका अनुसार केही महिनापछि अहिले ग्राहकले लिएको ७। ९९ प्रतिशत व्याजदर थप घट्न सक्छ। एक वर्षपछि पनि यदी आधार दर नबढेमा व्याजदर नबढ्ने उनले स्पष्ट पारिन्।

‘ग्राहकसँग हामीले लिने ब्याजदर आधार दरमा भर पर्छ, अहिले पर्याप्त तरलता भएकाले आधार दर घट्दै गएको छ, त्यसकारण केही वर्ष नै ब्याजदर नबढ्न सक्छ’ उनले भनिन्। जग्गा किन्न, घर किन्न अथवा भएको जग्गामा घर बनाउन, घर मर्मतरसम्भार गर्न, बसोबासका लागि फ्ल्याट किन्न यस्तो ऋण पाइन्छ। यस्तो ऋण लिइसकेपछि ३५ वर्षसम्म किस्ता तिर्दै घटाउन सकिन्छ। न्यूनतम ७ लाख रुपैयाँदेखि ५ करोड रुपैयाँसम्म यस्तो ऋण दिइने श्रेष्ठले जानकारी दिइन्।त्यस्तै ऋण लिएको रकमको प्रशासनिक खर्चवापत ०। ७५ प्रतिशत शुल्क लाग्छ। ‘यो सेवा शुल्क राष्ट्र बैंकले नै तोकेको दर हो, योबाहेक बैंकले कुनै शुल्क लिँदैन’ उनले भनिन्। बैंकले लिने शुल्क यत्ति नै भए पनि अन्य मालपोत तथा कागजातका लागि र भ्यालुएटरका लागि खर्च लाग्न सक्नेछ। नविल बैंकका देशभर १ सय १८ शाखा सञ्चालनमा छन्, तिमध्ये जुनसुकै शाखाबाट यो ऋण लिन सकिने उनले बताइन्।

के के चाहिन्छ कागजात  ? बैंकबाट घर, जग्गाको ऋण लिनेले सोको कागजपत्र धितो राख्नुपर्छ। यदी जग्गा छ भने जग्गाको लालपूर्जा र चारकिल्ला प्रमाणित कागज चाहिने श्रेष्ठले बताइन्। त्यस्तै जग्गाको नक्सा प्रिन्ट भने बैंकले नै निकालिदिने उनले बताइन्। ‘यसबाट ऋणीलाई नापी वा मालपोत कार्यालय गइरहनुपर्ने झन्झट रहेन, हामीलाई पनि जग्गाको एकीन सुनिश्चित हुने भयो’ उनले भनिन्। त्यस्तै बनेको घर किन्नका लागि जग्गाको लालपूर्जासहित घरको नक्सापास, इजाजत पत्र, निर्माण सम्पन्नको कागजात पनि चाहिन्छ। ऋणीले आफ्नो आम्दानीको स्रोत खुल्ने प्रमाणित कागज पनि बैंकमा बुझाउनुपर्छ। ऋण लिनका लागि ती कागजात बैंकमा बुझाएपछि बैंकले मूल्याङ्याङ्कनकर्ता भ्यालुएटर लाई प्रदान गर्दछन्।

भ्यालुएटरले सोका आधारमा घर वा जग्गा एकीन गर्दछ, त्यसको मूल्य पनि निर्धारण गर्दछ, सोही निर्धारित मूल्यबाट नै बैंकबाट पाइने उच्चतम ऋण तय हुन्छ। त्यसपछि ग्राहकले सो बराबरको ऋणका लागि प्रक्रिया अगाडि बढाउन स्वीकृति दिएपछि प्रक्रिया अघि बढ्छ’ रिटेल, लेन्डिङ प्रमुख श्रेष्ठले भनिन्। उनका अनुसार प्रक्रिया अघि बढेको ३–४ दिनमै ऋण स्वीकृत हुने, नहुनेबारे निर्णय दिइने छ। भ्यालुएटरले तय गरेको मूल्यमा ६० प्रतिशतसम्म र पहिलो पटक घर वा जग्गा किन्नेलाई ७० प्रतिशतसम्म ऋण प्रदान हुनेछ। भ्यालुएटरको टिमले सरकारले तोकेको र चलनचल्तीको दर दुवैलाई मूल्याङ्कन गरी मूल्य निर्धारण गर्दछ। यसमा पनि चलनचल्तीको मूल्यलाई बढी ध्यान दिने गरिएको छ।