मदानेमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पछाईँलाई स्वागत !

प्रकाशित मिति:

♦ दुई स्थानीय तहमा सफल भूमिका निभाएका प्रमुख कार्यकारी पाउँदा जनप्रतिनिधि खुसी

गुल्मी – गुल्मीको मदाने गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत रुद्र बहादर पछाईँलाई स्वागत गरेको छ । पाल्पाको पूर्वखोला गाउँपालिकाबाट सरुवा भई आएका पछाइँलाई गाउँपालिकाले बिहीबार एक कार्यक्रमको अयोजना गरी स्वागत गरेको हो ।

स्वागत कार्यक्रमका जनप्रतिनिधिहरुले २/२ वटा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको सफल भूमिकामा रहेका पछाइलाई मदानेमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गरेका थिए । पछाई जाजरकोट र पाल्पाको पूर्वखोला गाउँपालिकामा एक एक कार्यकाल प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेर काम गरिसकेका अधिकृत हुन् ।

स्वागत कार्यक्रममा गाउँपालिका अध्यक्ष दान बहादुर केसीले जनप्रतिनिधि नीतिगत निर्णय गर्ने र कर्मचारले त्यसको कार्यान्व्यन गर्ने हातखुट्टा जस्तै भएकोले दुवैको तालमेलमा सफलता प्राप्त गर्न सकिने बताए । उनले जनप्रतिनिधि र कर्मचारीको तालमेलमा गरिएका सफल कामले सरकारलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्ने र कर्मचारीले आचरण व्यवहारलाई ऐन कानुन अनुसार परिवर्तन गर्न जरुरी रहेको पनि बताए । ‘जनप्रतिनिधि राजनीतिबाट र कर्मचारी राष्ट्रसेवकको रुपमा फरक बाटोबाट प्रवेश गरेपनि जनताको हितमा काम गर्ने एउटै लक्ष्यका साथ एउटै डुगांमा सवार छौँ,’ उनले भने, ‘त्यसैले हामीले जनताको हितलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्छ, यसमा सबैलाई सफलता मिलोस् ।’

गाउँपालिका उपाध्यक्ष सरिता खड्काले मदानेमा कार्यवातावरण निकै राम्रो निएका कारण यसभन्दा अघिका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारी लामो समय गाउँपालिकामा रहेको उल्लेख गर्दै जनप्रतिनिधि र कर्मचारीको समन्वयले जनतालाई अधिकतम सेवा सुविधा दिन सकिने बताइन् । जनताको सेवाका लागि मदाने गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधि र कर्मचरी सँधै कृयाशिल रहेको उनको भनाई छ । ‘जनप्रतिनिधिसँग आवस्यक समन्वय गरि कार्यवातावरण बनाउने र कर्मचारीलाई सफल नेतृत्व गरी कार्यशिामा लगाउनुहुने छ भन्ने हाम्रो अपेक्षा छ’, उनले भनिन् ।

प्रमुख प्रशासकीय अधिकृत पछाइँले जनताको हितमा काम र लक्ष्य पूरा गर्न सक्रियताका साथ लाग्ने प्रतिवद्धता व्यक्त गरे । ‘यहाँको जनताको आवस्यकता र माग अनुसार सफल कार्यक्रममा अधिकतम प्रयास गर्ने हाम्रो एकमात्र लक्ष्य हो’, उनले भने, ‘जनता र जनप्रतिनिधिको भावनालाई अधिकतम समेटी काम कार्वहीलाई सही दिशामा लैजाने प्रतिवद्धता व्यक्त व्यक्त गर्दछु ।’

कार्यक्रममा जनप्रतिनिधिहरुले पछाईँ २/२ वटा स्थानीय तहमा सफल भूमिका निर्वाह गरेका प्रमुख प्रशासकीय अधिकृत मदानेमा आएकोले खुसी लागेको बताएका थिए । ‘दुई दुई वटा गाउँपालिकामा सफल भूमिका निर्वाह गरेका प्रमुख प्रशासकीय अधिकृतलाई मदानेमा पाउँदा खुसी छौँ’, वडा नं. ७ का वडाध्यक्ष काँशीबहादर बोहोराले भने, ‘ति गाउँपालिकाहरुमा प्रयोग गरीएका असल अभ्यास अनुसार यो गाउँपालिकाका कार्यलाई अगाडी बढाउने अपेक्षा गरेका छौँ’, उहाँको क्षमता र अभ्यास गाउँपालिकाको हित र जनताको हितमा समर्पित हुने छ ।’