एकता युवा क्वलद्धारा मृगौला पिडित बिरबलको उपचारका लागि आर्थिक संकलन

प्रकाशित मिति:

२९ साउन,कञ्चन – रुपन्देहीको कञ्चन गाउपालिका वार्ड नं। ५ मा रहेको एकता युवा क्लवले कञ्चन गाउपालिका वार्ड नं। ५ पिपरीचापा स्थित बृन्दाबन निवासी मृगौला पिडित बिरबल बि।क।९बिरुको उपचारको लागि आर्थिक संकल गरी जुटेको रकम पिडित बिरबल बि।क।लाई निजकै घरमै गएर प्रदान गरेको छ। बिगत डेढ महिना देखि मृगौला खराव भई लुम्बिनी प्रादेशिक अस्पताल,बुटवलमा नियमित डायलासिस गराउदै आउनु भएका बि।क।को आर्थिक अवस्था कमजोर भएका कारण मृगौलाको उपचार गराउन समस्या परे पछि स्थानिय क्लव एकता युवा क्लवले क्लवका प्रत्येक सदस्यहरुबाट सक्दो आर्थिक सहयोग संकलन गरी ३१ हजार १ सय ५५ रुपैया बिरबल बि।क।लाई हस्तान्तरण गरेको हो ।

क्लवका अध्यक्ष ठाकुर कुमार थापाको नेतृत्वमा संकलन गरेको सहयोग रकम हस्तान्तरण गर्दै अध्यक्ष थापाले बिरबल बि।क।को मृगौला खराव भई डायलासिस गर्नु पर्ने अवस्थामा पुग्नु भएको र डायलासिसका लागि खर्च धेरै लाग्ने भएकोले बिरबलको आर्थिक अवस्था निकै कमजोर भएको कारण पनि उपचार सम्भव नहुने देखिएपछि क्लवले बिरबल बचाऔं अभियान सहित आर्थिक संकलन गरी पहिलो चरणमा संकलित रकम हस्तान्तरण गरिएको बताउनु भएको छ । अध्यक्ष थापाले बिरबल एक होनार युवा भएकोले समाज परिबर्तनका लागि बिरबल जस्ता युवाको आवस्यकता पर्ने भएकाले बिरवल बि।क।लाई बचाउनको लागि सबैले सकेको सहयोग उपलब्ध गराउन अनुरोध गर्नु भएको छ। बिरबलको आर्थिक अवस्था निकै कमजोर छ र मृगौला खराव पछिको उपचारका लागि वहाँले कहिकतैबाट पनि खर्च जुटाउन नसक्ने भएकाले बिरबल बि।क।को उपचारको लागि हरेकले हरेक ठाउबाट सक्दो आर्थिक सहयोग गरिदनिु हुन बिनम्र अनुरोध समेत गर्नु भएको छ।

बिरबल बि।क।ले कञ्चन गाउपालिकाको सहयोगमा लुम्बिनी प्रादेशिक अस्पताल,बुटवलमा हप्ताको दुई पटक नियमित डायलासिस गर्दै आउनु भएको छ। आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा एकता युवा क्लवका पदाधिकारी र मृगौला पिडित बि।क।को परिवारको समेत सहभागिता रहेको थियो ।क्लवका सचिव के।बी। थापाले मृगौला पिडित बि।क।को उपचारार्थ सहयोगको लागि कामना सेवा बिकास बैंक,कञ्चन गरगरे शाखामा रहेको खाता नं। ११३१४१००३२७७४१०००००१ मा वा क्लवका अध्यक्ष ठाकुर कुमार थापाको समपर्क नं। ९८५७०७४७५० मा सम्पर्क गरी सक्दो सहयोग गर्न आग्रह गर्नु भएको छ।