घ्याल सुम्दो सेवा संस्था अमेरिकाको बैठक सम्पन्न,महासचिवमा छोन्जोम लामासहितका पदाधिकारीहरु नियुक्त

३० श्रावण २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


अमेरिका । घ्याल सुम्दो सेवा संस्था अमेरिकाको बुधबार सामाजिक दुरिलाई कायम गरि सम्पन्न बैठकले संस्थाको रिक्त पदमा महासचिव,कोषाध्यक्ष तथा कार्यसमिति सदस्यहरुमा विभिन्न व्यक्तित्वहरुलाई नियुक्त गरेको छ । घ्याल सुम्दो सेवा संस्था अमेरिका अध्यक्ष एवं समाजसेवी निमा ल्हमोकानुसार संस्थाको महासचिवमा छोन्जोम लामा,कोषाध्यक्ष थुप्तेन सोपा र सदस्यमा सेन्टुन लामालाई नियुक्त गरेको जनाएकी छिन् ।

घ्याल सुम्दो सेवा संस्थाकी नवनियुक्त महासचिव छोन्जोम लामा,समाजसेवी तथा नेपाल आदिवासी जनजाति महासंघ फिप्ना अमेरिकाको कोषाध्यक्षसमेत हुनुहुन्छ । आजभन्दा १६ वर्षअघि स्थापित घ्याल सुम्दो सेवा संस्था अमेरिकाको अध्यक्ष निमा ल्हमोको अध्यक्षतामा उपाध्यक्ष गरव दोर्जे,महासचिव छोन्जोम लामा,सचिव छिरिङ लाम्ने,कोषाध्यक्ष थुप्तेन सोपा,सदस्यहरु क्रमशः निमाछिरिङ घले,सेरब हिराचन,कृष्ण गुरुङ,सेन्तुन लामा,सल्लाहकारहरुमा पासाङ लामा,बुद्धि गुरुङ,मोहन पुनेल,कार्साङ लामा रहेको संस्थाकी अध्यक्ष एवं समाजसेवी निमा ल्हमोले जनाएकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया