लायन्स क्लब अफ बुटवल जितगढीद्वारा गुल्मीका पहिरो पीडितलाई सहयोग !

प्रकाशित मिति:

गुल्मी – सामाजीक क्षेत्रमा कृयासिल लायन्स क्लब अफ बुटवल जितगढीले गुल्मी जिल्लाको मुसिकोट नगरपालीका वडा न २ देउराली का पहिरो पिडित स्थानियहरुलाई खाद्यान्य सहयोग गरेको छ ।
लायन्सको सिद्धान्त अनुरुप हामि सेवा गर्छाै भन्ने लायन्स को मूल मन्त्रलाई आत्म साथ गर्दै बिहिबार १ सय घर धुरीलाई २५ क्वीन्टल चामल सहयोग गरेको छ ।

खाद्यान्य १ दिन अघि नै मुसिकोट नगरपालीका नगर प्रमुख सोमनाथ सापकोटाले बुझिसकेका थिए र बितरण गर्न लायन्स क्लब अफ बुटवल जितगढीको टोलि अध्यक्ष इन्द्र बिष्ट , लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ का पिडिजी एमजेएफ महेन्द्रनारायण श्रेष्ठ, डिष्ट्रिक डिजास्टर्स रेस्क्यु एन्ड रिलीफ कार्यक्रमका संयोजक अर्जुनमान शैजु , strategic chief योगेश घिमिरे , क्लबका सस्थापक अध्यक्ष भिमलाल घिमिरे , पुर्ब अध्यक्ष कृष्ण पोखरेल , निबर्तमान अध्यक्ष बाबुराम अधिकारि , तृतिय उपाध्यक्ष नवराज पंगेनी , क्लबका सर्बिस कोडिनेटर राज खनाल,मेम्बर्शिप कोर्डिनेटर सुवास घिमिरे सहित गुल्मी तर्फ जार्दे गर्दा शिद्धार्थ राजमार्ग अन्तर्गत शिद्धबाबा मा पहिरो गएकोले रोकिएकाले गुल्मी जिल्लाका प्रदेश सभा सदस्य द्धय कमल श्रेष्ठ,दिनेश पन्थी,नगरप्रमुख सोमनाथ सापकोटा र वडा न २ का वडा अध्यक्ष लक्ष्मण घिमिरे रोहबरमा खाद्यान्य बितरण भएको क्लबका सचिव विर बहादुर क्षेत्रीले बताए ।

पहिरोको स्थलगत निरिक्षण गरि राहत प्रदान गर्न तथा थप के कस्ता सहयोग गर्ने सकिन्छ भन्ने बस्तुगत स्थिति बुझ्न गुल्मि जान लागेको महेन्द्र नारायण श्रेष्ठले बताए । त्यस्तै गुल्मिका पहिरो पडित लाई डिष्ट्रिक ३२५ बि २ बाट पनि सहयोग आवश्यक सहयोगको पहल गरिने कुरा डिष्ट्रिक डिजास्टर्स रेस्क्यु एन्ड रिलीफ कार्यक्रमका संयोजक अर्जुनमान शैजु र strategic chief योगेश घिमिरेले बताए । संस्थापक अध्यक्ष भिमलाल घिमिरेले क्लबले बिशेसतः पहाडी जिल्लामा आफ्ना कार्यक्रम गर्दै आइरहेको र आगामि दिन मा पनि स्वास्थ्य सम्बन्धी कार्यक्रम लिएर जाने बताए ।

श्रावण ३० गते इश्मामा गरिने भनेको कार्यक्रम भदौको दाश्रो हप्ता गरिने कुरा अध्यक्ष इन्द्र बिष्टले जानकारि दिए । इश्मा गाउपाली गा.पा ३ का पहिरो पिडितको लागी १७ क्वीन्टल चामल बितरण गरीने कार्यक्रम संयोजक राजेश घिमिरे बताए ।