सिन्धुपाल्चोक पहिरो : चारको शव भेटियो, ३४ बेपत्ता

प्रकाशित मिति:

सिन्धुपाल्चोक, साउन ३० : सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा मा गएको पहिरोमा पुरिएको चार जनाको शव भेटिएको छ। अझै ३४ जना वेपत्ता रहेका छन्। आज बिहान ६ बजे चार सय मिटर माथिबाट आएको पहिरोले लिदी गाउँका ३७ घर पुरिएका छन्। घर पुरिँदा ३८ जना वेपत्ता भएका हुन्।

बेपत्ता भएकामध्ये शुक्रबार मध्याह्न चार जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरुको सनाखत हुन सकेको छैन।पहिरोमा पुरिएकाहरुको जोखीमा स्थानीय वासिन्दासँगै नेपाली सेना टोली खटिएको छ। नेपाली सेनाको टोली हेलिकप्टरमार्फत सिन्धुपाल्चोक पुगेको हो। त्यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि घटनास्थलतर्फ प्रस्थान गरेको छ। केहीबेरमा दुवै टोली पुग्ने जनाएको छ।@kathamandupress