लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्का पक्राउ

प्रकाशित मिति:

काठमाडौं  ३० साउन । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन् । अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुर गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

रामेछाप प्रहरी प्रमुख डीएसपी वसन्त पाठकले खड्कालाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन् । उनले भने, ‘उपभोक्ता समितिका दर्पण घिसिङलाई बन्धक बनाएर चेकमा सही गर्न लगाएको भन्दै उहाँविरुद्ध उजुरी परेको छ । खड्का तत्कालीन एमालेबाट निर्वाचित अध्यक्ष हुन् । यद्यपि, हाल उनलाई नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले निलम्बन गरेको छ ।@onlinekhabar