पश्चिम नवलपरासीमा शनिबार देखी एक हप्ता सम्म निषेधाज्ञ

३० श्रावण २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


प्रकाश न्यौपाने
नवलपरासी, साउन ३० गते । सनिवार राती देखी पश्चिम नवलपरासीमा निषेधाज्ञ लाग्ने भएको छ ।
पश्चिम नवलपरासीको जिल्ला सुरक्षा समितीको बसेको बैठकले स्थाश्थ्य सुरक्षाको अवश्थालाई ध्यान दिदै साउन ३१ गते राती १२ बजे देखी भदौ ६ गते राती १२ वजे सम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सगरमाणि पठकले बताउनु भएको छ ।
निषेधाज्ञ लागु गरिएको एक हप्ताको अवधी भित्र मानिसहरु विचमा जमघट, भेला, जुलुस, सभा, समिक्षा, गोष्ठी जस्ता मानिसहरु विचमा जम्मा हुने प्रकारका कुनै पनि काम गर्न नपाउने बताईएको छ । यस अवधीमा धार्मीक स्थलहरुमा पनि दैनिक नित्य हुने पुजा बाहेकका कुनै पनि प्रकारका जमघट हुने कामहरु गर्न नपाईने जिल्ला प्रशासन कार्यालय नवलपरासीले निकालेको विज्ञप्तीमा बताईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया