नेपाली कांग्रेस तरूण विभागले दोलखा जिल्लाको कालिन्चोक गाउँपालिकाको वडा न।५ मा केहि दिन पहिले गएको बाढीबाट विस्थापित ३७ घरपरिवारलाई राहत सहयोग गरेको छ।
तरूण विभाग सदस्य पासाङ नुर्वु शेर्पाको सहयोगमा उक्त राहत सामाग्री विभाग प्रमुख शंकर भण्डारीले नेपाली कांग्रेस कालिन्चोक गाउँपालिकाका सचिव पदम पाठक मार्फत आज विभागमा एक कार्यक्रमका बिच हस्तान्तरण गरेका छ्न्। ३७ घरपरिवारलाई त्रिपाल र चामल सहयोग गरेका हुन्। हस्तान्तरण कार्यक्रम तरूण विभाग सचिव श्यामप्रसाद श्रेष्ठ र सदस्य सतेन्द्र ठकुरीको पनि उपस्थिति रहेको थियो।