चौधरी फाउण्डेशनद्वारा मन्त्री बराल मार्फत अस्पताललाई भेन्टिलेटर हस्तान्तरण

प्रकाशित मिति:

 

  1. नारायण शर्मा, भैरहवा । चौधरी ग्रुप अन्तर्गतको परोपकारी संस्था चौधरी फाउण्डेसनले भैरहवा स्थित भिम अस्पताललाई भेन्टिलेटरहरु हस्तान्तरण गरेको छ ।

    शुक्रवार भिम अस्पतालमा आयोजित एक कार्यक्रममा प्रदेश ५ का सामामजिक बिकास मन्त्री सुर्दशन बराललाई चौधरी फाउण्डेशनका प्रतिनिधि दामोदर भण्डारी, रामचन्द्र धिताल, आषिश बराल र सुरेन्द्रअधिकारीले भेण्टिलेटर हस्तान्तरण गरेका हुन् ।

    हस्तान्तरण कार्यक्रममा रुपन्देहिका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, अस्पताल बिकास समितिका अध्यक्ष र प्रतिनिधि, भिम अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. नविन दर्नाल लगायतको उपस्थिती रहेको थियो ।
    भेन्टिलेटर हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि सामाजिक बिकास मन्त्री सुर्दशन बरालले आपतकालिन उपचार सेवामा अत्यावस्यक पर्ने भेन्टिलेटर उपलब्ध गराएर चौधरी फाउण्डेशनले सामाजिक उत्तरदायित्व पुरा गरेको बताए ।
    उनले अस्पताल आफैले भेन्टिलेटर खरिद गर्दा लामो र झन्झटिलो प्रकृया पार गर्न पर्ने अबस्थामा कोभिडको जोखिम न्यूनिकरण गर्न सघाउनका लागि चौधरी फाउण्डेशनले भेन्टिलेटर हस्तान्तरण गरेर ठुलो गुन लगाइको बताए । उजले नेपालका कर्पोरेट अफिसहरुमा चौधरी उद्योग सधै अघि रहेको र कोभिडको शुरुवाती चरणमा पनि देशभरीका अस्पतालमा पिपिई लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेर प्रशंसनिय कार्य गरेको बताए ।
    भेण्टिलेटर हस्तान्तरण कार्यक्रममा बोल्दै समाजिक बिकास मन्त्री सुर्दशन बरालले कोभिड–१९ का गम्भीर बिरामीहरुको संख्या बढी रहेको अवस्थामा चौधरी फाउण्डेसनले अत्यावश्यक भेन्टिलेटर हस्तान्तरण गरी सहयोग पु¥याएकोमा धन्यवाद व्यक्त गरे । ‘चौधरी फाउण्डेसनले मुलुकलाई अप्ठेरो अवस्थामा सधैं सहयोग पु¥याएको छ,’ मन्त्रीले भने, ‘कोभिड–१९ पछि फाउण्डेसनले पीपीइ, पीसीआर रिएजेन्ट र अहिले भेन्टिलेटर सहयोग गरेको छ । महामारीको समयमा पु¥याएको यो सहयोग अतुलनीय छ ।’
    फाउण्डेसनका प्रतिनिधि तथा महाप्रबन्धक दामोदर भण्डारीलेकोभिड–१९ का क्रिटीकल विरामीहरुलाई उपचारका लागि सहयोग गर्न फाउण्डेसनले भेण्टिलेटर हस्तान्तरण गरिएको बताए । उनले मुलुकमा अप्ठेरो र विपद्को समयमा फाउण्डेसनले सहयोग गर्दै आएको र थप सहयोगका लागि सधैं तत्पर रहेको उल्लेख गरे ।