कुन बैंकको आर्थिक अबस्था कस्तो ?

प्रकाशित मिति:

काठमाडौं– विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले स्वास्थ्यसँगै आर्थिक क्षेत्रमा पनि नराम्रो असर पारेको छ ।  नेपालका वाणिज्य बैंकहरुलाई पनि कोरोनाले नराम्रो गरी गाँजेको छ । कोरोना भाइरस संक्रमणकै कारण बैंकको नाफा पनि घटेको छ । बैंकहरुले सार्वजनिक गरेको विवरण अनुसार यो वर्ष बैंकहरुको नाफा ११ प्रतिशत घटेको छ । यो भनेको ६ अर्ब २७ करोड रुपैयाँ हो । कृषि विकास बैंक र प्रभु बैंक बाहेक शुक्रबार २५ बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंकको नाफा ११ प्रतिशतमा घटेको छ । कोरोना भाइरसको बढ्दो संक्रमणले आर्थिक गतिविधि प्रायस् ठप्प हुँदा बैंकिङ कारोबार घटेको र कारोबारसँगै नाफा पनि घटेको बैंकरहरु भनाइ छ । सामान्य अवस्था रहेको अवस्थामा भने बैंकको नाफा बढ्ने अपेक्षा गरिएको थियो । बैंकहरुका अनुसार अवस्था सामान्य रहँदा १५ देखि २५ प्रतिशतसम्म नाफा बढ्ने थियो । सरकारले केन्द्रीय बैंकमार्फत् बैंकिङ क्षेत्रलाई प्रयोग गरेर ऋणीलाई राहत दिएका कारण पनि बैंकको नाफा घटेको हो । गत आर्थिक वर्षमा २५ बैंकले ५१ अर्ब १७ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यी बैंकले ५७ अर्ब ४४ करोड रुपैयाँ नाफा कमाएका थिए ।

धेरैको नाफा घट्यो, केहीको बढ्यो- बैंकहरुले सार्वजनिक गरेको विवरण अनुसार केहि बैंकको नाफा बढेको छ भने धेरैको घटेको छ । २५ बैंकमध्ये ७ वटाले नाफा बढाएका छन् । १८ बैंकको नाफा भने घटेको छ । सेञ्चुरी, ग्लोबल आइएमई, एनसीसी, मेगा, प्राइम, एनआईसी एशिया र एनएमबीले कोरोनाको महामारीकै बीच पनि अघिल्लो वर्षको तुलनामा नाफा बढाएका छन् । सेञ्चुरीले ३३।९७ प्रतिशत, ग्लोवल आइएमईले ११ प्रतिशत, एनसीसीले १०।७४ प्रतिशत, मेगाले ५।५७ प्रतिशत, प्राइमले ४।२७ प्रतिशत, एनआइसी एशियाले ३।२४ प्रतिशत र एनएमबि बैंकले ०।५९ प्रतिशत खुद नाफा बढाएका छन् ।

त्यसैगरी सिभिल, नेपाल एसबीआई, कुमारी, माछापुच्छ्रे, सानिमा, सिटिजन्स, नेपाल इन्भेष्टमेन्ट, बैंक अफ काण्ठमाण्डू, नेपाल बंगलादेश, स्ट्याण्डर्ड च्यार्टर्र्ड, सनराइज, एभरेष्ट, नबिल, सिद्धार्थ, हिमालयन, राष्ट्रिय वाणिज्य र नेपाल बैंकको नाफा अघिल्लो वर्षको तुलनामा घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा सबैभन्दा धेरै नाफा सिभिल बैंकको घटेको छ । सिभिल बैंकको नाफा ३५।३९ प्रतिशतले घटेको छ । त्यस्तै नेपाल एसबीआई बैंकको नाफा ३३।२२ प्रतिशतले घटेको छ । कम नाफा घट्ने बैंकका रुपमा कुमारी बैंक रहेको छ । कुमारी बैंकको नाफा ०।३१ प्रतिशतले घटेको छ । यो वर्ष कुमारी र देव विकास बैंक मर्च भएका थिए ।

त्यसैगरी माछापुच्छ्रेको २६।२२ प्रतिशत, सानिमाको २४।५६ प्रतिशत, सिटिजन्स बैंकको २३।७२ प्रतिशत, नेपाल इन्भेष्टमेन्टको २२।६३ प्रतिशत, बैंक अफ काण्ठमाण्डूको २२।२१ प्रतिशत र नेपाल बंगलादेशको २०।७५ प्रतिशतले खुद नाफा घटेको छ ।स्ट्याण्डर्ड च्यार्टर्र्डको १८।५१ प्रतिशत, सनराइजको १८।३५ प्रतिशत, एभरेष्टको १८।१४ प्रतिशत, नबिलको १५।८५ प्रतिशत र राष्ट्रिय वाणिज्यको ११।७७ प्रतिशतले नाफा घटेको छ ।अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको असार मसान्तसम्म सिद्धार्थको ८।२६ प्रतिशत, हिमालयनको ८ प्रतिशत, नेपाल बैंकको १।५ प्रतिशत र कुमारी बैंकको ०।३१ प्रतिशतले खुद नाफा घटेको छ    कोरोनाको असर र राष्ट्र बैंकले ऋणीलाई दिएको सहुलियतका कारण २०७७ असार मसान्तमा वाणिज्य बैंकहरुको उठ्नुपर्ने ५१ अर्ब ७५ करोड रुपैयाँ ब्याज र किस्ता उठ्न नसक्दा बैंकको वित्तीय विवरणमा असर परेको हो @khabarhub