घर घरमा सिकाइ केन्द्र अभियान सुरु

३२ श्रावण २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


गोपिकृष्ण रेग्मी ३१,साउन- स्याङजा जिल्ला चापाकोट नगरपालिका वडा न।१ रोग्दीमा स्थापना गरिएको सिर्जनशील सिकाई केन्द्रले वडा भरिका घरघरमा पुग्ने अभियान सुरु गरेको छ ।
घर घरमा सिकाइ केन्द्र अभियान सञ्चालन गर्दै पहिलो कार्यक्रम अन्र्तगत वडाका प्रत्येक घर घरमा आँप र लिचीका १।१ गरि २ विरुवा वितरण गरिएको हो । ५ वर्ष पहिले स्थापना गरिएको यस सिकाइ केन्द्रबाट पौढ शिक्षा सञ्चालन ,बाखा्र पालन तालिम,मैन बत्ती बनाउने तालिम सीप जस्ता सिकाइ सिकाउदै आए पनि प्रभावकारी देखिएको थिएन ।

सिकाइ केन्द्रलाइ प्राप्त हुने वार्षिक कार्यक्रमको बजेट करिब २ लाख ५० हजार बाट १ हजार आँप र १ हजार लिची खरिद गरि वडा भरिका प्रत्येक घर घरमा २ विरुवा वितरण कार्यक्रमको अभियान सञ्चालन गरिएको हो ।सबैको घर घरमा फलफुल फलोस हाम्रो चाहना हो वडाका वडा अध्यक्ष टिकाराम तिवारीले विरुवा वितरण गर्दै भन्नुभयो अव १ नं।वडा फलफुलको नमुना वडा बनाउँछौ ।
सिर्जनशील सिकाई केन्दका अध्यक्ष बावुराम तिवारीको अध्यक्षतामा विरुवा वितरण गरिएको कार्यक्रमको सञ्चालन सचिव दयाराम भण्डारीले गरेको केन्द्रकी परिचालिका कला रेग्मीले बताउनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया