कञ्चनको शिक्षा शाखामा तालाबन्दी,आफ्नो निर्णयमा गाउपालिका अडिग

प्रकाशित मिति:

३२ साउन,कञ्चन-रुपन्देहीको कञ्चन गाउपालिका शिक्षा शाखामा तालाबन्दी भएको छ । गत साउन २१ गते शिक्षा समितिको सिफारिसमा कञ्चन गाउ कार्यपालिकाको कार्यपालिका स्तरको बैठकले प्रगती माधयमिक बिधालयमा रिक्त रहेको मा।बि। तह स्थाई दरबन्दी सरहको प्रधानाध्यापक पदपुर्तिका लागि गजेडी माधयमिक बिधालयमा रहेको मा।बि। दरबन्दीबाट प्रगती माध्यमिक बिधालयमा काजमा मा।बि। दरबन्दीका शिक्षक र प्रगती माध्यमिक बिधालयको मा।बि। राहत शिक्षक गजेडी मा।बि।मा सरुवा गर्ने गाउ कार्यपालिकाको निर्णय बिरुद्ध प्रगती माध्यमिक बिधालयका अभिभावक र बिधार्थीहरुद्धारा शिक्षा शाखामा तालाबन्दी गरेका हुन।

बिधार्थी र अभिभावकहरुको समूहले कञ्चन गाउ कार्यपालिकामा आई मध्यान्ह १२३० बजेको समयमा ज्ञापनपत्र टाँस गरी शिक्ष्रुाा शाखामा तालाबन्दी गरेको अभिभावक खिम बहादुर बुढाले जानकारी दिनु भएको छ । गाउपालिकाले मा।बि। दरबन्दी शिक्षक पठाएकोमा सहर्ष स्विार सहित स्वागत गरी नमुना बिधालय भइसकेको अवस्था र कक्षा ८ देखि नै हरेक कक्षमा ३ ३ वटा सेक्सन भएको र ती कक्षाहरुमा सरुवा भई आउने शिक्षकले प्रशासनिक कार्यको जिम्मेवारीले गर्दा थप कक्षाका सेक्सनहरुमा अध्यापन गर्न असम्भव भएकोले प्रगती माधयमिक बिधालयमा थप अंग्रेजी सहित अन्य बिषयका समेत शिक्षकको आवस्यक रहेको अवस्थामा भएको शिक्षक अनेक बहानामा शिक्षक सरुवा गरी लैजाने गाउपालिकाको निर्णयको खारेजीका लागि माग गर्दै गत साउन २५ गते अभिभावक र शिक्षकहरुको समूहले बिधालयमा तालाबन्दी गरेका थिए । बिधालयमा तालाबन्दी गरेको एक साता बित्दा पनि समस्या समाधानको कुनै बिकल्प र समाधानका लागि कुनै छलफलको वातावरण गाउपालिकाले तयार नगरेको र आफ्नो निणर्य जसरी नि कार्यानवयन गराउने जोडवल गरिएकाले गाउपालिकाको शिक्षा शाखामा तालावनदी गर्नु परेको अभिभावक गंगा बहादुर कार्कीले बताएका छन।

यता गाउपालिकाले भने गाउ शिक्षा ऐन २०७४ तथा गाउ शिक्षा नियामवली २०७५ बमोजिम तयार गरेको कार्यबिधी बमोजिम नै काजमा शिक्षक सरुवा गरिएको र आफ्नो निर्णयमा आफुहरु अडिग रहेको दावी गरेको छ । नेपाल सरकार शिक्षा मन्त्रालय,शिक्षा तथा मानव श्रोत बिकास केन्द्रले गत २०७६ फागुन १८ गते नमुना माध्यमिक बिधालयको मापदण्ड अनुसार मा।बि। तहको स्थाई दरबन्दी शिक्षक बिधालयको प्रधानाध्यापक हुनुपर्ने अन्यथा सो बिधालयमा आउने समपर्ण अनुदान तथा सेवा सुबिधाहरु कटौती हुने प्रगती माध्यमिक बिधालय र कञ्चन गाउपालिका शिक्षा शाखामा पठाएको परिपत्र अनुसार सो बिधालयको समस्या समाधान गर्नको लागि प्रगती माध्यमिक बिधालयको आग्रह बमोजिम सो बिधालयमा थप छुट्टै दरबन्दीको शिक्षक पठाउने सहज परिस्थिती नभएका कारण काजमा शिक्षक सरुवा गरिएको कञ्चन गाउपालिका शिक्षा शाखा प्रमुख रमेश भुसालले बताउनु भएको छ। उक्त काज सरुवा पनि स्थानिय सरकार संचालन ऐन २०७४ दफा ११ को ज ले दिएको अधिकार प्रयोग शिक्षक दरबन्दी मिलान तथा काज सरुवा ब्यबस्थावन कार्यविधी २०७६ निर्माण गरी गजेडी मा।बि।का मा।बि। तहका स्थाई शिक्षकलाई प्रगती मा।बि। र प्रगती मा।बि।का मा।बि। राहत शिक्षकलाई गजेडी मा।बि।मा च्यिुअल गरी काजमा सरुवा गरिएको शिक्षा शाखा प्रमुख भुसालले बताउनु भएको छ ।

यस्तै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले नेपाल सरकार शिक्षा मन्त्रालय,शिक्षा तथा मानव श्रोत बिकास केन्द्रको परिपत्र अनुसार प्रगती माध्यमिक बिधालयले नै गाउपालिकाले सहजिकरण गरी नमुना माध्यमिक बिधालयको मापदण्ड अनुसार मा।बि। तहको स्थाई शिक्षक उपलब्ध गराई प्रधानाध्यापकको ब्यबस्था गरिदिन उल्लेख गरी अनुरोध गरेको र तत्काल सो बिधालयको समस्या समाधान गर्न सम्भव नभएकोले गाउपालिका भित्रका शिक्षकहरुलाई नै ब्यबस्थापन गरी आन्तरिक रुपमा पछि दरबन्दी मिलान गर्नेगरी काजमा सरुवा गरिएको र गाउपालिकाको निर्णय आपसी सहमती र सहकार्यमा समाधान गर्न गाउपालिका तयाु भएको तर मेरो गोरुको बाह्रै टक्का गरी समस्यालाई जटिलता तर्फ लैजान नहुने बताउनु भएको छ।नेपाल सरकार शिक्षा मन्त्रालय,शिक्षा तथा मानव श्रोत बिकास केन्द्रले गत २०७६ फागुन १८ गते नमुना माध्यमिक बिधालयको मापदण्ड अनुसार मा।बि। तहको स्थाई दरबन्दी शिक्षक बिधालयको प्रधानाध्यापक हुनुपर्ने भनि बिधालयमा परिपत्र आएपछि प्रगती माध्यमिक बिधालयमा प्रा।बि।तहका स्थाई दरबन्दीका शिक्षक जिवराज पौडेलले बिधालयमा देखिएको जटिलताको समाधान गर्न भनि गत चैत्रमा प्रधानाध्यापक पदबाट राजिनामा दिनु भएको थियो ।