नागरिकको स्वास्थ्यको अधिकारप्रति जबाफदेही हुन नेपाल सरकार समक्ष इन्सेकको आग्रह

३२ श्रावण २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


रीमा बि.सी.-बुटवलसाउन ३२ गते । कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालमा २०७७ साउन ३१ सम्म मृत्यु हुनेको सङ्ख्या १ सय २ र सङ्क्रमितको सङ्ख्या २६ हजार १९ पुगेको छ । सङ्क्रमित बिरामीको उपचार गर्न निजी तथा सरकारी अस्पतालहरूले अस्वीकार गरेका घटना सार्वजनिक हुनुका साथै उपचार नपाएको आक्रोशमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि आक्रमण भएका घटनासमेत सार्वजनिक भएका छन् । इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा साउन ३२ गते जारी गरिएको प्रेस विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ ।

कोरोना भाइरसका कारण सङ्क्रमितको सङ्ख्या व्यापक मात्रामा बढ्दै गएको र मृत्युको दर समेत थपिदै आएको वर्तमान जटिल अवस्थामा आवश्यक उपकरण, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सुरक्षित परिचालन गरी जनताको स्वास्थ्यको अधिकार सुनिश्चित गर्न सरकारले बेलैमा ध्यान पु¥याउनु जरुरी देखिएको विज्ञप्तिमा भनिएको छ ।’गाउँ, बस्ती, सहर र समुदायस्तरमा फैलिँदै गएको सङ्क्रमण तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूमा फैलिएको कोरोना भाइरसका कारण आम मानिसमा त्रास फैलिएको छ ।

अस्पताल र स्वास्थ्य संस्थाहरूले आवश्यक सुरक्षा प्रबन्ध गरी जनताको स्वास्थ्यको अधिकार सुनिश्चित गर्नुपर्ने दायित्वबाट विमुख हुन मिल्दैन । कठिन परिस्थितिको सामना गर्न र मौलिक अधिकारको रूपमा सुनिश्चित नागरिकको स्वास्थ्यको अधिकार पूर्तिका लागि थप सक्रिय हुन नेपाल सरकारसँग माग गर्दछौँ ।  उपचारबाट विमुख भएका नागरिकको उपचार सुनिश्चित गर्नु सरकारी तथा निजी स्वास्थ्य निकायको जिम्मेवारी भएको स्मरण गराउन चाहान्छौँ’

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागी एक दिने गहन अभिमुखी करण कार्यक्रम…
  • कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको रकम
  • कोरोनाको परीक्षण र उपचार जनताले नै गर्नुपर्ने निर्णय फिर्ता लिन…
  • बुटवलको सिंह कम्प्लेक्समा सञ्चालनमा आयो खस्यौली स्नोकर क्लब
  • २४ घण्टामा ३७९० संक्रमित थपिए, उपत्यकामा २३८८, मृत्यु हुने १८…
  • प्रजातान्त्रिक महासंघको सुचना प्रविधि तथा प्रचार बिभागको सचिबमा निरज
  • भैरहवा क्षेत्रमा हुने ओभरलोड तथा ट्राफिक नियम विपरित हुने कार्य…
  • नागरिकलाई सुरक्षित रहदै चाडपर्व मनाउन अनुरोध
  • जिपि कोइराला फाउण्डेसन साइप्रसकीसंयोजक दुलाल द्धारा विद्यार्थीलाई सहयोग
  • गोकर्ण विष्टले फिर्ता गरे दसैँ भत्ता