बेपत्ताको खोजी गर्न आफन्तको आन्दोलन

३२ श्रावण २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


स्याङ्जा—३२ साउन- एक सातादेखि हराइरहेका स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १० पाईनिअज रोड बस्ने १८ वर्षिय राजन पौडेलको खोजी गरिदिन आफन्तहरुले प्रहरीलाई दवाव दिएका छन् । बेपत्ता भनिएका पौडेलको आज सम्म पनि प्रहरीले खोजी नगरेको भन्दै उनका आफन्तहरुले स्याङ्जाको वडा प्रहरी कार्यालय वालिङ घेराउ गरि दवाव दिएका हुन् । हराएका पौडेलको खोजि गरिदिन उनकी आमा कमला पौडेलले प्रहरी निबेदन दिएकी थिइन् । आफन्तहरुले खोजी गरिदिन आग्रह गरेपनि प्रहरीले चासो नदेखाएपछि दवावमुलक आन्दोलन गर्नुपरेको पौडेलका आफन्तहरुले बताएका छन् ।

कि सास देउ कि लास देउ, भष्ट्रचार गर्न पाईदैन, पिडितलाई न्याय देउ भन्दै पौडेलका आफन्तले प्रहरी कार्यालय बाहिर नाराबाजी गरेका थिए । जिल्ला प्रहरी स्याङ्जाका अनुसार साउन २६ गते स्याङ्जाको भीरकोट नगरपालिका वडा नं. ४ आँधीखोलास्थित ओडारे रहमा पौडी खेल्ने क्रममा बेपत्ता भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको बताईएको छ । बेपत्ता पौडेलको खोजि गर्न प्रहरीले गोताखोरको सहायत लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए । गोताखोरको सहायतामा खोजी भएपनि अहिले सम्म पौडेल फेला नपरेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।

साउन २६ गते साथीहरु सगँ पौडी खेल्न गएका पौडेल आँधीखोलाले बगाएको बताइएको छ । तर पौडेलका साथीहरुले ३ दिन पछि मात्रै पौडी खेल्न जादा आँधीखोलाले वगाएको बयान दिएपछि उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पौडेलका साथीहरुले समयमा खबर नगरेको आरोप लगाउदै उनीहरुलाई कारवाहिको माग समेत गरेका छन् । प्रहरीले घट्नाको सत्यतथ्य बाहिर आउने विश्वास आफन्तलाई दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य…
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो
  • गायिका निरुशा भट्टराईको गीत सार्वजनिक
  • रअ प्रमुखसँग भेट नभएको देउवा द्धारा स्पष्ट
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई सहयोग
  • बिजया दशमीको पुर्व सन्ध्यामा हरैया बजार क्षेत्रको सरसफाई
  • नगर भरी ३४ वटा घरको शिलान्यास, दुई महिना भित्रै निर्माणको…