भारतबाट भन्सार छलि गरेर ल्याउदै गरेको कपडा सशस्त्र प्रहरी द्धरा पक्राउ

प्रकाशित मिति:

महेश सिंह सिरहा ३२ श्रावण – भारतबाट भन्सार छलि गरि नेपाल ल्याउदै गरेको सम्मान सशस्त्र प्रहरीले पक्राउ गरेको छ । धान खेतको आलि भए नेपाल भित्रियाई रहेको अबैध कपडा सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।सिरहाको भगवानपुर गाउँ पालिका वडा नम्बर ३ आभेनगर अस्थाई सशस्त्र क्याम्पले करिब एक लाख पचास हजार मुल्य बराबरको कपडा पक्राउ गरेका छन् । शनिबार राती करीब ११ बजे तिर अस्थाई पोस्ट आभेनगर बाट खिटिएको सशस्त्र प्रहरीको टोलिले भारत बाट नेपाल ल्याउदै गरेको कपडा प्रहरीले पक्राउ गरेका छन् ।

भारत बाट भान्सार छली गरी चोर बाटो भएर ब्यापारीहरुको एक समुहले ७ वटा पोका बनाई धान खेतको आलिको बाटो भएर नेपाल भित्रीयाई रहेको अबस्थामा उक्त सम्मान सशस्त्र प्रहरीले पक्राउ गरेका हुन् । प्रहरीको क्याम्पबाट नजिकै रहेको नेपाल र भारतको सिमाना भएको ले चोर बाटो अपन्याएर ल्याउने गरेको स्थानीयको भनाई छ । आभेनगर प्रहरीले छोटो समयमा पटक- पटक सम्मानहरु बरामत गर्दै आएका हुन् । नेपाल र भारतको खुल्ला बोडर भएको मानिसहरु आलिको बाटो भएर भारत जाने गरेको देखिन्छ ।

बिश्वमाहामारीको रूपमा फैलिरहेको कोरोना भाईरसको संक्रमित कम गर्न र नेपाल , भारत ओहोरदोहोर गर्ने मानिसहरुको भिड कम गर्न नेपाल सरकारले सिमा क्षेत्रमा ठाँउ ठाँउमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको अस्थाई क्यामपहरु राखेका छन् । भगवानपुर गाउँ पालिका वडा नम्बर ३ आभेनगरमा बैशाख १५ गते देखि आधारभुत प्राबि मा अस्थाई चेक पोस्ट राखेका छन् । बरामत गरेको सम्मान दाखिलाको लगानी ठाढि भन्सारमा बुझाएको छ् ।