विश्वभर २ करोड १८ लाख बढीलाई कोरोना संक्रमण

प्रकाशित मिति:

काठमाडौं, भदौं १ विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड १८ लाख नाघेको छ । एकैदिन २ लाख १२ हजार १९५ जनामा संक्रमण पुष्टि भएपछि कोरोना संक्रमितको संख्या २ करोड १८ लाख २२ हजार १५९ पुगेको हो । यस्तै एकै दिन थप ४ हजार ५२५ जनाको मृत्यु भएपछि सोमबार बिहानसम्म कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ७ लाख ७२ हजार ९६५ पुगेको छ ।

संक्रमितमध्ये १ करोड ४५ लाख ५६ हजार ९६५ जना संक्रमण मुक्त भएका छन् । निको हुनेको यो संख्या ६६।७० प्रतिशत हो । यस्तै ६४ लाख सक्रिय संक्रमितमध्ये ६४ हजार संक्रमितको अवस्था गम्भीर रहेको वल्डोमिर्टसले जनाएको छ ।