भीरकोट नगरपालिकाद्धारा अमोर सेवा र मानव सेवा आश्रमलाई खाद्यान्न हस्तान्तरण

१ भाद्र २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया

ड्रेस लगाएपछी पबित्रा , उनकी आमा श्यामकला अनि ड्रेस प्रदान गर्नुहुने ऋषिराम पाण्डे

चुत्र महत ,भदौ ०१,भीरकोट -भीरकोट नगरपालिकाले आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । भीरकोट नगरपालिकाले स्याङजाको फेँदिखोला १ मा रहेको अमोर सेवा नेपाल र पोखरा महानगरपालिका १७ मा रहेको मानव सेवा आश्रमलाई झण्डै एक लाख बराबरको खाद्यान्न सहयोग गरेको हो । अमोर सेवा नेपाललाई २ क्वीन्टल चामल, एक कार्टुन तेल, १० किलो नुन, साबुन १ कार्टुन गरी २२ हजार रुपैँयाको खाद्यान्न हस्तारन्तण गरेको हो भने पोखराको मानव आश्रमलाई ५ क्वीन्टल चामल, दाल १८ किलो, ४ कार्टुन तेल, नुन ५० किलो, साबुन ४ कार्टुन र नगद ११ हजार गरी ७५ हजार रुपैँयाको खाद्यान्न हस्तान्तरण गरेको हो ।

अमोर सेवा नेपालकी अध्यक्ष कमला पराजुली र मानव सेवा आश्रम पोखराका जिल्ला संयोजक राजन सापकोटालाई नगरप्रमुख छायाराम खनालले उक्त खाद्यान्न र नगद हस्तान्तरण गर्नुभएको हो । साथै प्रमुख खनालले मानव सेवा आश्रमलाई आफनो व्यक्तिगत ५ हजार एक सय प्रदान गर्नुभएको छ । खाद्यान्न हस्तान्तरण गर्दै नगरप्रमुख खनालले आश्रममा विभिन्न स्थानमा रहेका अशक्त, असाहय सडक मानवहरु तथा टुहुरा बालबालिकाहरुलाई आश्रय दिएको संस्थालाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । साथै प्रमुख खनालले आश्रमहरुलाई रहेक समस्या संग जुध्दै कठिन संर्घस्रमय जिवन व्यत्तित गर्दै आएका मानिसहरुलाई सहज हुने खालको व्यक्ति मैत्री वनाउन सकियो भने मानव कल्याण हुने भन्दै प्रमुख खनालले नित्तान्त मानव सेवाको निमित्त कार्य गर्दै आएका संघ सस्थालाई आगामी दिनमा पनि नगरपालिकाले सक्दो सहयोग गर्ने वताए ।

कार्यक्रममा उपप्रमुख सिमा केसीकर्माचार्य, प्रमुख प्रशासकिय अधिकृत राजेन्द्रप्रसाद पौडेल, नगरप्रवक्ता दिपेन्द्र केसी, वडा नं. ४ का अध्यक्ष चन्द्रबहादुर बस्नेत, सुचना अधिकारी रामप्रसाद खनाल, स्याङजाली सम्पर्क सदन पोखराका अध्यक्ष लिलाप्रसाद पंगेनी, पत्रकार लगायतको सहभागिता थियो । मानव सेवा आश्रम पोखरामा विभिन्न स्थानका १०२ जनाले आश्रय लिएका छन भने अमोर सेवा नेपालमा २० जना अनाथ बालबालिका रहेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया