कञ्चन गाउपालिका वडा नं। १ ले आफ्नै वडा कार्यलयबाट सेवा प्रवाह गर्न शुरु

प्रकाशित मिति:

१ भदौ,कञ्चन-रुपन्देहीको कञ्चन गाउपालिका वडा नं। १ को वडा कार्यलय तथा प्रशासनिक भवन आज देखि संचालनमा आएको छ। नेपालको संबिधान २०७२ को घोषणा संगै संघिय संरचना अनुसार साबिक गाउ बिकास समिति तथा नगरपालिकाहरुलाई मर्ज गरी निर्माण गरिएको ७ सय ५३ स्थानिय तह मध्ये कञ्चन गाउपालिका वडा नं। १ को वडा कार्यलय तथा प्रशासनिक भवन लकडाउन पुर्व तयार भएको हो ।

साबिक रुद्रपुर र गजेडी गा।बि।स।लाई मिलाएर बनेको कञ्चन गाउपालिकमा ३ वटा वडा कार्यलय र ४ वटा आधारभुत स्वास्थ्य केन्द्र निर्माणाधिन अवस्थामा छन भने कञ्चन गाउपालिकाको कार्यलय भवन तथा प्रशासनिक भवन पनि निर्माण कार्यको अन्तिम अवस्थामा रहेको छ।कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले वडा कार्यलय उद्धघाटन गर्दै कञ्चनको समृद्धिका लागि हरेक कञ्चनवासीले हरेक कार्यमा एक भएर लाग्नु पर्ने आवस्यकतामा जोड दिनु भएको छ । समृद्ध कञ्चनको जग हाम्रै पालामा हामीले नै निर्माण गर्नु पर्ने भएकोले स साना बिषयहरुमा आपसी छलफल र समवादबाट समाधानको उपायहरु खोजेर अगडी बढ्नुको बिकल्प नभएको बताउदै अध्यक्ष क्षेत्रीले कञ्चनको भौतिक पुर्वाधार बिकाससंगै शिक्षा,स्वास्थ्य र कृषिको बिकासलाई राजनैतिक प्रतिशोध बनाउन नहुने समेत बताउनु भएको छ ।

गाउपालिकाका उपाध्यक्ष गोमा तरामुले गाउपालिकाका सबै वडा कार्यलय र बिषयगत कार्यलयहरु पनि छिटै नै निर्माण सम्पन्न भई आ आफ्नो कार्यलयबाट प्रशासनिक कार्यहरुको शुरुवात हुने बताउनु भएको छ । समृद्ध कञ्चन,सुखी कञ्चनवासी बनाउने कञ्चनको सपना पुरा गर्नु हामी सबैको दायित्व भएको समेत उपाध्यक्ष तरामुले उल्लेख गर्नु भएको छ।वडा नं। १ का वडा अध्यक्ष हरि नारायण थारुको अध्यक्षतामा वडा कार्यलय उद्धघाटन कार्यक्रमको संचालन शसी पन्थीले गर्नु भएको थियो । १ करोड २६ लाख रुपैयाको आयोजना ठेक्का बढाबढको आधारमा ८९ लाख रुपैयामा जय देउराली निर्माण सेवा प्रा।लि। सैनामैना रुपन्देहीले भवन निर्माणको ठेक्का लिएको थियो ।

कञ्चन गाउपालिकाका वडा नं। १,२ र ५ वडा कार्यलयहरु भाडामा घर लिएर संचालन हुदै आएका छन भने आज देखि वडा नं। १ ले भने सोही वडाको लौसामा निर्माण गरिएको आफ्नै कार्यलयबाट प्रशासनिक कार्य संचालन गरेको । यस अघि उक्त वडा कार्यलयले मासिक ३ हजार ३ सय रुपैयामा मासिक भाडा तिरी बिगत ३ बर्ष देखि सेवा प्रवाह गर्दै आएको थियो ।कार्यक्रममा कञ्चन गाउ पालिकामा क्रियाशिल बिभिन्न राजनैतिक दलका प्रतिनीधि,टोल बिकास संस्थाका प्रतिनीधि,आमा समूह तथा क्लव र संघसंस्थाका प्रतिनीधिहरुको समेत सहभागित रहेको थियो भने वडा नं। १ का स्थानियवासीहरुको समेत वडा कार्यलय उद्धघाटन कार्यक्रममा उपस्थिति रहेको थियो ।