चिनियाँ खोप दोस्रो चरणको परीक्षणमा पनि सफलता नजिक, वैज्ञानिक उत्साहित

२ भाद्र २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


काठमाडौँ – कोरोना भाइरसविरूद्धको चिनयाँ खोप दोस्रो चरणको परीक्षणमा पनि सफलता नजिक पुगेपछि वैज्ञानिकहरू उत्साहित भएका छन् ।  चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार कोरोनाविरूद्धको चिनियाँ खोप दोस्रो चरणको परीक्षणमा पनि आशाजनक र प्रभावकारी देखिएपछि त्यसको विकासमा संलग्न वैज्ञानिकहरू उत्साहित भएका हुन् । दोरो चरणको क्लिनिकल ट्रायलको ‘डाटा’ले खोप सुरक्षित र प्रभावकारी देखिएको र प्रतिरोधी क्षमता विकास गरेको चिनियाँ वैज्ञानिकहरूले दावी गरेका छन् ।

उक्त खोपको दोस्रो चरणको क्लिनिकल ट्रायलको ‘डाटा’ अमेरिकी मेडिकल एसोसिएसनको जर्नलमा प्रकाशन गरिएको छ ।उक्त खोपको चिनियाँ नेसनल बायोटेक ग्रुपको वुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्सअन्तर्गत सिनोफार्मले विकास गर्दैछ ।ट्रायलमा १८ देखि ५९ वर्ष उमेर समूहका ३२० जना स्वस्थ्य स्वयंसेवीलाई सहभागी गराइएको थियो । जसमध्ये ९६ जनाले पहिलो चरणमा तथा २२४ जना दोस्रो चरणको ट्रायलमा भाग लिएका थिए ।जर्नलमा प्रकाशित विवरण अनुसार खोप लगाइएको भागमा दुखाइ भएर केही समय ज्वरो आए पनि स्वतः निको भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।@khabarhub

फेसबुकबाट तपाईको प्रतिक्रिया