शिक्षक पाण्डेद्वारा जन्मदिनको अवसरमा शैक्षिक सामग्री प्रदान !

प्रकाशित मिति:

         ऋषिराम पाण्डे भन्नुहुन्छ , ‘मेरो सानो सहयोगले नानीलाई स्वर्णिम युग देख्ने अवसर प्राप्त भयो’ 

राम भण्डारी/ गुल्मी – कसैलाई पढ्ने रहर हुन्छ तर पढ्नको लागि विभिन्न समस्या र बाध्यताले गर्दा पढ्न पाउदैनन भने कसैलाई पढ्ने उचित प्रबन्ध हुदाँहुदैपनि पढ्ने जागर चल्देन वा पढ्न इक्षुक हुदैनन । यस्तै धुर्कोट गाउँपालिका वडा नम्बर ५ बस्तु निवासी यम बहादुर सुनारका छोरीहरुको भने यम बहादुर स्वर्गीय भैसकेपछी झन तनाब र दैनिकी समेत चल्न कठिन भैसकेको छ । एक त यम बहादुर र उनकी श्रीमती श्यामकला दुबै अपांग थिए । जनतन श्यामकलाले घरमा श्रीमानलाई र ३ छोरीहरुलाई हुर्काउन , बढाउन र जोहो चलाउन वरपर निवेकीको लागि जाने गर्थिन तर बिडम्बना श्रीमानको केही दिन अघि मृत्यु भयो । उनि अहिले झन बिक्राल समस्या र विभिन्न चुनौती संग फसिरहेकि छन । उनकी जेठी छोरी काठमाडौमा अरु कसैकोमा बसेर पढ्दै काम गर्दै छिन भने माइली र कान्छी छोरी घरमै छन । उनिहरु कक्षा २ र युकेजीमा गए तर श्यामकलालाई कसरी भर्ना गर्ने हो । कसरी उनिहरुलाई कापीकलम , ड्रेस किनिदिने हो भन्ने मानसिक प्रेसर बढिरह्यो । श्यामकला आफैमा विभिन्न समस्याले ग्रसित छन । उनको एक आँखाले धोका दियो भने उनको दाहिने खुट्टामा पनि समस्या आउनाले त्यति काम गर्न सक्दिनन । श्रीमानको मृत्यु भैसकेपछी काजकिरिया समेत बिभिन ब्यक्ती एबम संघसंगठनको सहयोगमा सकियो । यसो त स्थानिय राजु बिक , संतोष सुनार लगायतको सकृयतामा गुल्मीका पत्रकार जो धुर्कोट निवासी हुमाकान्त पोख्रेलसंग परामर्श गरि विभिन्न ठाउँमा सहयोगको अपिल गर्दिन समेत अनुरोध गरिदिन आग्रह गरिदिनुभयो । हुमाकान्त निरन्तर त्यो परिवारको सहयोगमा लागीरहे र उनले आज जन्मदिन पर्नुहुने धुर्कोट बस्तु निवासी ऋषिराम पाण्डे जो पाञ्चायन माबी जैसिथोक र धुर्कोट प्रमानन्द भण्डारी बहुमुखी क्याम्पसमा अध्यापन समेत गराउनुहुन्छ उहाँलाई जन्मदिनको अवसरमा केही सहयोगको याचन गरे उहाँले हुन्छ भन्नू भयो र स्व. यम बहादुर एबम श्यामकलाकी माइली छोरी पबित्राको एक बर्ष सम्म लाग्ने शैक्षिक सामग्री प्रदान गर्ने घोषणा गर्नुभयो ।

ड्रेस नलगाउदै पबित्रा साथमा उनकी आमा श्यामकला अनि ऋषिराम पाण्डे

धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेल , शिक्षा अधिकृत मधु घिमिरे , कार्यपालिका सदस्य सरस्वती सुनार , वडा सदस्य नरहरी भण्डारी , नेकपा बस्तुका अध्यक्ष केशबराज भण्डारी , सिक्षक गणेश ज्ञवाली , लक्ष्मीराज खनाल , धुर्कोट गाउँपालिकाका कम्प्युटर अपरेटर एबम सबलकर्मी झबिन्द्र भण्डारी , राम भण्डारी जन्मदिन पर्ने ऋषिरामका दाई भानुभक्त पाण्डे स्थानिय सन्तोष सुनार ,राजु बिक लगायतको उपस्थितिमा पबित्राका लागि कक्षा २ का पुस्तक , कापीकलम , जिमेट्री बक्स , जुत्तामजा , टाइबेल्ट , झोला एबम एक सेट ड्रेस प्रदान गर्नुभएको हो ।

यसो त पछिल्लो समयमा भड्किलो खर्च गर्नुका साथै भोजभतेर गरि जन्मदिन मनाउने परिपाटीले ब्याप्त समाजमा ऋषि एक उदाहरणका पात्र समेत बन्नुभयो । सबलपोस्टलाई उदृत गर्दै ऋषिराम पाण्डे भन्नुहुन्छ , ‘मेरो सानो सहयोगले नानीलाई स्वर्णिम युग देख्ने अवसर प्राप्त भयो , नानिको शैक्षिक भबिस्य उज्जल रहोस ‘ मेरो कामना । साथसाथै पाण्डे भन्नुहुन्छ सबैको सहयोग हुँदै गयो भने यो परिवारको बिचल्ली हुदैन । उक्त कार्यक्रमको सहजीकरण पत्रकार हुमाकान्त पोख्रेलले गर्नुभएको थियो ।

ड्रेस लगाएपछीकी पबित्रा ! उनको साथमा उनकी आमा श्यामकला अनि ड्रेस प्रदान गर्नुहुने ऋषिराम पाण्डे