यस बर्षको SEE रिजल्टमा बिद्यार्थीको भन्दा स्कुलको बढी मेहनत

प्रकाशित मिति:

– विवेक खड्का
धुर्कोट गाउँपालिका ६, गुल्मी

साच्चिकै शैक्षिक गुणस्तर सुध्रिएको हो त? कि शैक्षिक गुणस्तरले एक बर्षमै ह्वात्तै फड्को मारेको हो? के हामी सबैले पत्याउने रिजल्ट आकै हो त? म अचम्मित छु, अन्योलमा छु, आश्चर्यचकित छु। साच्चै नेपालीले चान्स पायो भने गर्छ। आज यो कुरा प्रमाणित भएको हो। कोभिड १९ को कारण परिक्षा रोकिएको भोलिपल्ट बिद्यालय स्वयं आफैले अंक दिन पाउने निर्णयसङ्गै बिद्यालयले मनपरि आफै अंक राखेर पठाए। त्यो रिजल्ट प्रकाश हुनुभन्दा पहिले नै एउटा समाचार बाहिरियो जस्मा बिद्यालयले अंक दिन पाउने भएपछी आफ्ना आसेपासे हरुलाई पुर्णाङ्क भन्दा बढी नम्बर दिएर पठाए। कतिसम्म गैर जिम्मेवार बनिरहेका छन शैक्षिक निकायहरु?
ग्रेडिङ सुरु भएको बर्ष ०७२ को SEE मा ४ मा ४ जिपिए नै प्राप्त गर्ने बिद्यार्थीको संख्या मात्रै २ थियो।०७३ मा यो संख्या बढेर ४ भयो। ०७३ सम्मको SEE मा अनिबार्य विषयमध्ये अंग्रेजी र बिज्ञानमा मात्रै प्रयोगात्मक थियो। ०७४ देखि गणित बाहेक सबै विषमा प्रयोगात्मक कम्तिमा २५ अंक थपियो। यसरी ०७४ मा ४ जिपिए मा ४ गिपिए ल्यानेको संख्या ७४ भयो। ०७५ को SEE मा यो बढेर १ सय ६ जना भए।श्रोतबाट प्राप्त ०७६ को नतिजा हेर्दा ९ हजार ३ सय १९ जनाले ४ जिपिए मा ४ नै लिएका छन। यो जिपिए हेर्दा साच्चिकै शैक्षिक गुणस्तरमा नेपालले एकै बर्षमा फड्को हानेको अन्दाज गर्न सकिन्छ।
बिद्यालयले आफुखुसी अंक दिएकैले यस बर्ष ४ जिपिएमा ४ जिपिएनै ल्याउनेको संख्या ह्वात्तै बढेको शिक्षा बिकास तथा समन्वय इकाईका प्रमुखले बताएता पनि हाम्रो गुणस्तरमा चाहिँ बास्तवमा त्यति परिबर्तन हुन सकेको छैन। कोरोनाका कारण २०७६ चैत्र ६ गते हुने भनेको SEE परिक्षा चैत्र ५ गते साझ मात्र नै स्थगित भएको थियो।
विकट जिल्लाका ग्रामीण बस्तिका कतिपय बिद्यार्थी हरुलाई सुचना थाहा नै नभएर परिक्षा दिन केन्द्रसम्म समेत पुगेर फर्किए। यतिबेला SEE को रिजल्ट सङ्गै सामाजिक संजाल फेसबुक, ट्युइटर तातिरहेका छन। यस्तो रिजल्ट प्रकासन पछि बिद्यार्थी र अभिभावक अन्योलमा छन। बिद्यार्थी आफुले आफुलाई म अब +२ मा के पढ्ने , अब मेरो गुणस्तर साच्चिकै यहि होकि अरु नै हो ? अर्को तर्फ अभिभावक छोराछोरीले राम्रो जिपिए ल्याए भनेर एउटा साधारण परिवारले समेत खुसी हुँदै आफना नानीबाबुलाई सहर बजारमा राख्ने निर्णय गर्छन। आजको खुशीले भोलीका दिनहरूमा असहज बनाउन सक्छ। जस्ले गर्दा आगामी दिनहरुमा परिणाम नकारात्मक आउन सक्नेछ। तर कसैले चाहिँ यहि हौसलाले गर्दा राम्रो प्रगति पथमा लाग्न पनि सक्नेछन। परिक्षा नै नदिई अनुमानको भरमा आएको यो रिजल्टले कुन बिद्यार्थीको गुणस्तर कस्तो? कुन बिद्यार्थीले कतिसम्म मिहिनेत गर्यो भन्ने कुरा समेत स्पष्ट पार्न सकेन। यो बर्षको रिजल्ट समग्रमा कोरोनामय रह्यो। बिद्यार्थीहरु बिच पनि एउटा शिक्षक प्रतिको दृष्टिकोण चिन्ने अबसर मिल्यो। रिजल्टसङ्गै अब बिद्यार्थीहरुको मानसिकतामा राम्रो जिपिए आयो भनेर +२ मा आफ्नो क्षमता भन्दा माथीको कोर्स रोजेर आफ्नो भविस्य अन्धकार नबनाउन। यस्को लागि परिवार, आफन्तजन, छरछिमेक तथा बुद्धिजीवी ब्याक्तित्व सङ्गको राम्रो सहकार्य अनिवार्य रहनेछ।

SLC लाई फलामे ढोकाका रुपमा मानिदै आएकोलाई बिगत केही बर्ष देखि ग्रेडिङ सिस्टम SEE मा रुपान्तरण गरियो। अब यो साल बाट फलामे ढोकाको हाउगुजी सकिसक्यो। पहिले लोकसेवामा नाम निकाल्दा भन्दा खुसी SLC मा पास हुदा हुने गर्दथे। तर यो साल बिद्यालयका प्र.अ. का वा अन्य शिक्षकका नजिकका आफन्तहरु जति प्रायः सबैले ४ जिपिएमा ४ नै ल्याएका छन। योग्यता बिहिन केही बिद्यार्थीहरु लाई समेत A, A+ र पुर्णाङ्क भन्दा माथी अंक दिने सबै बिद्यालयहरुलाई बधाई र बिद्यार्थी भाइबहिनी हरुलाई उच्च शिक्षाको लागि शुभकामना।