पहिरोले घर बगायका पीडित परिबारलाई काङ्ग्रेस नेताले गरे सहयोग ।

प्रकाशित मिति:

कालिकोट भदौ २ गते । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले जिल्लाको शुभकालिका गाँउपालिका वडा नं। ६ हाउडीका पहिरो पीडितलाई सहयेग गरेका छन् । मंगलबार जिल्ला सदरमुकाम मान्ममा कांग्रेस युवा नेता शाहीले हाउडीका खसेको पहिरोका कारण बिस्थापित भएका ६ परिवारलाई पाल, कम्मल, खाद्य सामग्री र केही नगद सहयोग गरेका हुन् । उनले पहिरोका कारण घरबार बिहीन भएका हाउडीका ६ घरधुरीलाई मानवियताका हिसावले व्यक्तिगत रुपमा सहयोग गरेको बताए । बर्षा याम सुरु भएयता धेरै नागरिकहरुले धनजनको क्षेती बेहोर्नु परेकोमा दुख व्यक्त गर्दै उनीहरुलाई तत्काल राहत दिन सरकारको ध्यनाकर्षण गराए ।

हाउडीमा बर्षेनी पहिरो जाँदा एक सय ७६ घरधुरीहरु जोखिममा छन् । २०७२ सालदेखी बर्षेनी पहिरो खस्दा हाउडीका २२ दलित घरधुरी सहित १ सय ७६ घरधुरीहरु जोखिमयुक्त ठाँउमा बस्दै आएका छन । गत बर्षको साउन महिनामा लगातार पहिरो खसेर १५ दिन घर छोडेर खुला चौरमा पाल टाँकेर बसे । गाँउलाई स्थायी रुपमा सुरक्षित ठाँउमा सार्नका लागि आग्रह गरिएको भएपनि सारिएन् । यो बर्ष पनि फेरी निरन्तर पहिरो खसीरहेको छ । स्थानिय भैरब शाहीको घर पुरै पहिरोले परिदिएको छ । अरु पाँच जना मनशोभा शाही, सरिता शाही, मधु नेपाली, बलबहादुर शाही र सरस्वती शाहीको घर पहिरोले छोयकाले बिस्थापित छन् ।

पहिरोले गाँउका करीव २७ जनाको खेती योग्य जमीन पुरै पुरिएको छ । पहिरोमा घर पुरिएपछि बिस्थापित भएका भैरब शाहीले भने, ‘हाउडीको बस्ती पहिरोका कारण पुरै जोखिममा छ । मेरो घर पुरै पुरियो । गाईबस्तु, अन्न, भाँडाकुडा गरी करीव २२ लाख बराबरको क्षेती भयो । अहिले लेकतिर छिमेकीसँग पैचो मागेर छाक टार्नु परेको छ । गाँउका अरु पाँच जनाको घर पनि पहिरोले छोएकाले उनीहरु पनि बिस्थापित छन् । पहिरो साउन १३ गतेबाट निरन्तर खसीरहेको छ । राहतका लागि गाँउपालिकामा निवेदन पनि दिएका छौँ । तर केही पाएको छैन् । आज कांग्रेस नेता भेपेन्द्रजंग शाहीले व्यक्तिगत रुपमा सहयोग गर्नुभयो को मा उहा लाइ हामि पहिरो पिडित परिबारको तर्फबाट धन्यवाद दिन्छौ। उहाँलाई अन्य निकायमा सहयोगका लागि पहल गरिदिन आग्रह पनि गरेका छौँ ।

यस्तै हाउडीका पहिरो पीडित बलबहादुर शाही, मधु नेपालीले हाउडीको पहिरोको स्थायी रुपमा व्यवस्थापन नगरी गाँउलाई नै सुरक्षित स्थानमा सार्नुपर्ने बताए । उनीहरुले भने, ‘नागरिक तहबाट बर्षेनी पहिरोको स्थायी रुपमा रोकथाम गरी बस्तीलाई सुरक्षित बनाईयोस भने माग गर्दै आएका छौँ । यदी पहिरो रोक्न नसकिने अवस्था हो भने गाँउलाई नै अन्यत्र स्थानान्त्रण गर्नेका लागि आग्रह गरेका छौँ । कसैले पनि सुनिदिएनन् । हामीले कहिलेसम्म पहिरोको त्रासमा बाँच्नुपर्ने हो ।’ पहिरोबाट भएको क्षेती अनुसार राहत र गाँउलाई नै सुरक्षित स्थानमा सार्नका लागि प्रशासनमा पनि आग्रअ गरिएको उनीहरुको भनाई छ ।