रुपन्देहीमा भदौ ७ सम्म निषेधाज्ञा

प्रकाशित मिति:

२ भदौ, बुटवल । रुपन्देहीमा भदौ ७ गतेसम्मका लागि निषेधाज्ञा लगाइएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले जिल्लाभर भदौ २ गतेदेखि नै लागु हुने गरी भदौ ७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी महादेव पन्थले निषेधाज्ञा अवधिमा जिल्लाभर अत्यावश्यकवाहेक सबै सेवा बन्द हुने र आदेश उल्लंघन गरेमा कारवाही गरिने बताए ।@onlinekhabar