भर्चुअल बाछिटा वाचन कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

इज्जत कँडेल,

बुटवल, २ भदौ । बाछिटा नामको साहित्यिक विधाको अनलाइन रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय बाछिटा प्रतिष्ठानका सल्लाहकार चेतनाथ धमलाले छोटो समयमै बाछिटा बिधाको लोकप्रियताले यसलाई नयाँ विधाको रूपमा स्थापित गर्न सहज हुने देखिन्छ भन्नुभयो । त्यसैगरी सहप्राध्यापक डा नारायण गैरेले बाछिटा, हाईकु, मुक्तक, झर, साईनो लगायतका विधाहरुको बारेमा आफ्नो धारणा राख्नुभएको थियो । यी विधाहरु बिजको रूपमा रहने र कथा, कविता, काव्य, उपन्यास आदिका विषयवस्तु अति संक्षिप्त रूपमा भनिने कुरा बताउनुभयो ।

कार्यक्रममा खगेन्द्र बस्याल, चेतनाथ धमला, डा नारायण गैरे, लता पौडेल, शिव खनाल, बिष्णु भट्टराई विभु, निरु गौतम, आर्त अकुलीन, अम्बिका धिताल, नारायण खनाल, साबित्रा पाण्डे, रोशन पराजुली, गोविन्द खनाल, सुरेश काफ्ले विदारक, भोजराज भट्टराई, नारद आचार्य, मेनका उपाध्याय, उपमा शर्मा, सुबास जमरकट्टेल, बैरागी माईलो, प्रभादेवी पौडेल, सत्यवती भट्टराई लगायतका बाछिटाकारले आफ्ना बाछिटा बाचन गर्नुभएको थियो । अध्यक्ष बस्यालले देश विदेशदेखि विभिन्न बाछिटाकारहरुले पठाएका प्रतिनिधि बाछिटाहरु बाचन गर्नुभएको थियोे । भर्चुअल कार्यक्रम बेलुकी ८ बजे देखि राति ११ बजे सम्म चलेको थियो । कार्यक्रममा झण्डै ४० बाछिटाकारले आफ्ना बाछिटा वाचन गर्नुभएको थियोे ।
अध्यक्ष बस्यालले बाछिटा प्रवर्तनको १११ दिन पुगेको अवसरमा भाद्र १३ गते एक सय एघार जना बाछिटाकारको बाछिटा वाचन कार्यक्रम राखिने जानकारी दिनुभयो । बाछिटा प्रतिष्ठानका संरक्षक एवम् प्रमुख सल्लाहकार अमर त्यागीले प्रवर्द्धनको निम्ति बिशेष कार्यक्रम ल्याउने बताउनुभएको छ ।

प्रतिष्ठानका अध्यक्ष खगेन्द्र बस्यालको अध्यक्षतामा रहेको कार्यक्रमको संचालन संस्थाका महासचिव विष्णु भट्टराई बिभुले गर्नुभएको थियोे ।