कोरोना संक्रमित पत्रकार भन्छन्– १०–१५ दिनमै कोरोना जितेर फर्कन्छु

२ भाद्र २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


नवलपुर,भदौ २ । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाका अर्का कोरोना संक्रमित पत्रकार रमेश बस्ताकोटीले आफूले १०– १५ दिनमा नै कोरोना जितेर फर्किने विश्वास ब्यक्त गरेका छन् ।

 

कावासोतीका एक रेडियोका सञ्चालक सञ्चालकलाई कोरोना पोजेटिभ देखिएपछि उनको कन्ट्याक्ट ट्रेसिङको आधारमा पीसीआर परीक्षण गर्दा बास्कोटालाई मंगलबार रिपोर्ट पोजेटिभ आएको थियो ।

 

बस्ताकोटीले आफूलाई कुनै पनि लक्षण नदेखिएको भन्दै छिट्टै कोरोना जित्ने आत्मविश्वास ब्यक्त गरेका छन् । उनले समाजिक सञ्जालमा पोष्ट गर्दै कोरोना आत्मबिश्वासले जितिन्छ भन्ने भएकाले त्यो आत्मबल र बिश्वास आफूमा रहेको उल्लेख गरेका छन् ।

‘म हतोत्साहित छैन । पूर्ण स्वस्थ छु । कुनै लक्षण छैन । एउटा पत्रकार भएको हिसाबले अग्रपंक्तिमा रहेर सुचना र समाचार प्रवाह गर्दागर्दै म संक्रमित भएको हुँ ।’– उनले भनेका छन् ।

 

पत्रकार बस्ताकोटीसहित मंगलबार कावासोती नगरपालिका २ का एकै परिवारका दुई जनालाई पनि कोरोना संक्रमण पुष्टी भएको छ । कावासोती नगरपालिका २ स्थित १४ वर्षीया बालिका र ३५ वर्षीया महिलामा संक्रमण पुष्टी भएको कावासोती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद नागिलाले जानकारी दिए ।

 

संक्रमित तीनै जनालाई देवचुली नगरपालिका १६ स्थित सामुदायिक प्रकृतिक चिकित्सालयमा बनाइएको आइसोलेशनमा राखिएको छ ।

 

संक्रमित पत्रकारसँग अन्य पत्रकारहरु पनि सँगै हिडेपछि उनीहरुको समेत परीक्षण गरिएको थियो । अहिलेसम्म नवलपुरका करिब ५० जना पत्रकारको परीक्षण गरिएमा अन्यको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य प्रमुख केशव चापागाईले बताए । nawalpur Fm

 

 

यसैबीच, सक्रिय संक्रमितहरु १७ जना मध्ये १ जनाको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा र बाँकी १६ जनाको रजहरमा उपचार भईरहेको रजहरको प्राकृतिक चिकित्सालयका निर्देशक डा. विनोद पौडेलले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • गल्याङ जेसिजद्वारा ७५ जना वृद्धवृद्धालाई सम्मान ।
  • सुमन गुरुङको उपचारका लागि आर्थिक सहयोग !
  • आप्रवासी परिवार हक हित मञ्च पश्चिम नवलपरासी र ईन्द्रेणी समाजिक…
  • सामुदायिक वन उपभोक्ता महासंघ स्थानिय महासंघ सरावल पश्चिम नवलपरासीको बैठक…
  • रूवाएर “कहिलै आँखा नभिजाउने” भन्छिउ – गजल
  • राप्तीमा ८ सहकारीले अनुदानको मल विक्रि वितरण गर्न पाउने
  • कांग्रेस वरिष्ठ नेता पौडेल पक्राउ
  • नेकपा सचिवालय बैठक २० मिनेट बसेर सकियो
  • विजनेश ईन्कुवेशन कार्यक्रमको कार्यालय उद्घाटन उद्यमशिलता बिकासमा योगदान पुग्ने विश्वास
  • रोटरी क्लव अफ बुटवलको २८ औं चार्टड नाइट सामाजिक क्षेत्रमा…