प्रधानमन्त्रीलाई गगनको ७ बुँदे पत्र

प्रकाशित मिति:

काठमाडौं, भदौ २ : नेपाली कांग्रेसका नेता तथा पूर्वस्वास्थ्य मन्त्री गगन थापाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सरकारको भूमीका फितलो भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकषर्ण गराएका छन्। थापाले प्रधानमन्त्री ओलीलाई पत्रमार्फत सात बुँदे ध्यानाकषर्ण गराएका हुन्।उनले प्रधानमन्त्री ओली दर्जनौं पटक पार्टीको किचलोको बैठकमा सहभागि बनेपनि जनस्वास्थ्य विज्ञसँग एक पटक छलफल बाहेक केही नगरेको बताएका छन्।

‘विज्ञहरुसँग एकपटक छलफल बाहेक कोरोना महामरीका सन्भर्दमा निमेष पनि सोच्ने फुर्सद पाउनु भएन। बरु, मन्त्री र सरकारका जिम्मेवार व्यक्तिबाट यो बीचमा मोतियाविन्दु लागेर सरकारको काम देखेनन्, टर्च बालेर खोज्दा पनि संक्रमित भेटिएनन्, सरकारले काम गरेन भन्नेहरुको मति सप्रियोस भन्ने जस्ता हद दर्जाका गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आए,’उनले भनेका छन्, ‘कामाण्ड कन्ट्रोल विना युद्ध लड्न सकिँदैन। कमाण्डर तपाईँ हो। यो आपतकालीन अवस्थामा मुलुकका ७६१ सरकारहरु, सबै सरोकारवाला नियकायलगायत सिंगो राज्य प्रणालीलाई चलायमान बनाएर कामाण्ड र कन्ट्रोलमा युद्धको सामना गर्ने वातावरण बनाउनुहोस्।’