नेपाली काँग्रेस पश्चिम नवलपरासीका उपसभापति गिरीको मंगलबारै आर्यघाटमा दाहासंस्कार गरियो,

प्रकाशित मिति:

नेपाली काँग्रेस पश्चिम नवलपरासीका उपसभापति सुवाशचन्द्र गिरीको मंगलबार विहान निधन भएको छ । उपचारको क्रममा ३८ वर्षीय गिरीको ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको पारिवारीक स्रोतले जानकारी दिए । मेडिकल कलेज भैरहवामा पित्त थैलीको अपरेशन गराएर अस्पतालमै बसेका उनको परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको थियो । निमोनिया समेत देखिएका उनको कोरोना संक्रमण भएपछि बुटवलस्थित कोरोना अस्पतालमा भर्ना गरिएको थियो । साउन ३० गते पाटन अस्पताल पु¥याइएका उनको अवस्था गंभिर भएपछि सोमबार साँझ भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।

आफूलाई कोरोना पोजेटिभ देखिएकाले सम्पर्कमा आएका सबैजना होम क्वारेण्टाइनमा बस्न आग्रह गर्दै अस्पताल शैयाबाट गिरीले फेसबुकमा स्ट्याटस लेखेर सबैलाई सजग गराएका थिए । बुटवलबाट पाटन अस्पतालमा लैजानका लागि परिवारजनले २ दिनसम्म हेलिकप्टर र एम्बुलेन्स खोजेपनि नपाएपछि गिरी परिवारले आफ्नै जिल्ला पश्चिम नवलपरासीमा सञ्चालन हुने एम्बुलेन्स बोलाएर पाटन अस्पताल पु¥याईएको थियो । गिरीको निधनको खवरले पाटि स्तब्ध भएको भन्दै नेपालि काग्रेस पश्चिम नवलपरासीका जिल्ला सभापती विष्णु पौडेलले विज्ञप्ति जारी गर्दै गिरीको शवलाई मंगलबारै साझ ६ बजे आर्यघाटमा नेपालि सेनाद्धारा दाहासंस्कार गरिएको छ । सो समयमा पाटिका सम्पुर्ण सुभेच्छुक जनबर्गिय संगठन नेता कार्यकर्ता सम्पुर्णलाई सो समयमा १ मिनेट मौन धारण समेत गनुभएको थियो ।

जिल्लामा हाल सम्म ४ हजार ४ सय ३३ जनाको पिसीआर परिक्षण भएकोमा १ सय ३९ जनामा पोजेटिभ देखिएको र त्यसमध्ये १५ जना समुदायका रहेको जिल्ला जनस्वास्थ्य कार्यलय पश्चिम नवलपरासीका मलेरिया अधिकृत कोरोना फोकल पर्सन रतन शर्माले बताउनु भएको छ । संक्रमितमध्य १ सय २२ जना निको भई घर फर्किसकेका छन भने १६ जनाको जिल्ला र विभिन्न अस्पतालहरुमा उपचार भैरहेको र एक जनाको काठमाडौमा निधन भएको शर्माले जानकारी दिनुभएको छ । यसैबिच, बर्दघाट नगरपालिकाको वडा न। १६ मा देखिएका संक्रमितको सम्पकृमा आएका कंट्याक टे्सिङ्गको आधारमा मंगलबार ५८ जनाको स्वाब संकलन गरीएको र वडा नं १२ मा देखिएका संक्रमितको सम्पर्कमा आउका ब्यक्तिको भने बिहिबार स्वाब संकलन गरीने बर्दघाट स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिनुभएको छ । गत शुक्रबार स्वाब संकलन गरीएका १ सय ६ जनाको रिर्पोट यो समाचार तयार पार्दा सम्म आईनसकेको ज्ञवालीले बताउनु भयो ।