काङ्ग्रेसको आसन्न महाधिवेशन र क्रियाशिल सदस्य

प्रकाशित मिति:

प्रजापाल गिरी – देशकै जेठो त्यो पनि लोकतान्त्रिक पार्टी नेपाली काङ्ग्रेसले आफ्नो नियमित साङ्गठनिक क्रियाकलाप अन्तर्गत १४औं महाधिवेशनको मिति घोषणा गरिसकेको छ । अधिवेशन महाधिवेशन हरेक राजनैतिक दलको आफ्नो नितान्त आन्तरिक मामिला हो । यसको सम्पादन देशको प्रचलित कानुन सङ्ग नबाझ्ने गरि सम्बन्धित दलको बिधानले ब्यवस्था गरे बमोजिम हुने गर्दछ । अधिवेशन पार्टीको जिवनको आन्तरिक बिषय भएपनी यसले चौतर्फी र दीर्घकालीन महत्त्व राख्ने गर्दछ । मुलतः महाधिवेशनले नीति, नेतृत्व र कार्यक्रम छनौट गर्दछ । नीति, नेतृत्व र कार्यक्रमका बिषयमा आगामी दिनमा कलम चलाउने गरि काङ्ग्रेसको अधिवेशनको प्रारम्भ बिन्दु रहेको क्रियाशिल सदस्यता नवीकरण र नयाँ क्रियाशिल सदस्यता सिफारिस र प्रदानमा केन्द्रित रहन चाहन्छु । नेपाली काङ्ग्रेसको बिधान २०१७९संसोधन सहित र नेपाली काङ्ग्रेसको नियमावली २०७६मा ब्यवस्था भए अनुसार दुई प्रकृतिका सदस्य  पहिलो नेपाली काङ्ग्रेसको सदस्य र दोस्रो नेपाली काङ्ग्रेसको क्रियाशिल सदस्य छन् र यो सदस्यता प्राप्त गर्ने कार्यबिधी पनि फरक फरक छन् ।

८ नेपाली काङ्ग्रेसको सदस्य स् नेपाली काङ्ग्रेसको बिधानले ब्यवस्था गरे बमोजिम १८ बर्ष उमेर पुगेका नेपालको प्रचलित कानुनले राजनैतिक दलको सदस्यता लिन अयोग्य नठरिएका नेपाली काङ्ग्रेसको आदर्श, उद्देश्य, नीति र बिधानमा आस्था राख्ने अन्य राजनैतिक दलको सदस्यता नलिएको वा त्याग गरेको जो कुनै नागरिकले पाउन सक्छन् । जसलाई काङ्ग्रेसको चलनचल्तीको भाषामा साधारण सदस्य, चवन्नी सदस्य समेत भन्ने गरिन्छ ।  नेपाली काङ्ग्रेसको क्रियाशिल सदस्य स् नेपाली काङ्ग्रेसको क्रियाशिल सदस्य पार्टीको मेरुदण्ड हो । यो सदस्यता प्राप्त गरेका ब्यक्ति काङ्ग्रेसको सदस्य मात्रै होइनन् नेता पनि हुन । नेपाली काङ्ग्रेसले अख्तियार गरेको नितिका आधारमा स्थानीयस्तरको कार्यक्रमको सहभागी मात्र होईन सोही नीति र कार्यक्रम अनुरुप समाजलाई परिचालित गर्ने सारथी हो । तसर्थ यश प्रकृतिको सदस्यता प्राप्त गरेका ब्यक्तिको अधिवेशनमा मात्रै होईन हरेक समयमा उत्तिकै महत्त्व हुन्छ । यसर्थ क्रियाशिल सद्स्य काङ्ग्रेसको मेरुदण्ड हो जसको सक्रियतामा काङ्ग्रेसको वर्तमान र भबिस्य अडिएको हुन्छ । पार्टीको आदर्श, उद्देश्य, निति र बिधान प्रती अबिचलित रहि पार्टीका कार्यक्रम, गोष्ठी, प्रशिक्षण, अन्तरक्रिया लगायत राजनैतिक, सामाजिक एवं विभिन्न रचनात्मक कार्यक्रम मार्फत लोकतन्त्रको स्थायित्व र बिकास निर्माणका काममा सकृय १८ वर्ष उमेर पुगेका नेपालको प्रचलित कानुनले राजनैतिक दलको सदस्य बन्न अयोग्य नठहरिएका व्यक्तिले सम्बन्धित वडाको सिफारिसमा क्रियाशिल सदस्यता पाउन सक्ने नेकाको बिधानले ब्यवस्था गरेको छ । यिनै योग्यता पुगेका क्रियाशिल सदस्यहरु पार्टीको अधिवेशनमा बिधानमा उल्लेख भए बमोजिम मतदाता र उम्मेदवार बन्न पाउने ब्यवस्था छ । सम्बन्धित क्रियाशिल सदस्यहरुले आफू मध्येबाट आफ्नो टोल, वडा, र गाउँरनगर पालिकामा कार्य समिति निर्वाचित या चयन गर्नेछन् भने तिनै क्रियाशिल सदस्यहरुले आफू मध्येबाट क्षेत्रीय प्रतिनिधि चयन वा निर्वाचित गर्नेछन् । वडा र पालिका तहबाट गएका क्षेत्रीय प्रतिनिधिहरुले प्रदेश सभा क्षेत्रीय कार्यसमिति, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति, जिल्ला कार्यसमिति, प्रदेश अधिबेशन प्रतिनिधि, महाधिवेशन, महासमिति सदस्य निर्वाचित या चयन गर्दछन । त्यसैले काङ्ग्रेसको महाधिवेशन को प्रारम्भ बिन्दु नै क्रियाशिल सदस्यबाट शुरु हुने भएकाले पार्टीको अधिबेशनको चर्चा हुनासाथ आफुलाई नेतृत्वमा स्थापित गर्न चाहेका नेता वा समूहले कृय्शिल सदस्यहरुलाई प्रभावमा राख्ने र आफु अनुकूलका ब्यक्तिलाई क्रियाशिल सदस्यता प्रदान गर्न शक्तिसंघर्ष नै गर्ने भएकाले महाधिवेशनको वातावरण धमिलो बन्दै जान्छ । गुट उपगुटको निर्माण र चरम ध्रुवीकरण हुन थाल्दछ जसले गर्दा बैचारिक र नितिगत बहस छेउ लाग्दछ र गुट उपगुट प्रधान र शक्तिशाली बन्दै जान्छन् ।

तसर्थ क्रियाशिल सदस्य सिफारिसको प्रक्रिया स्वस्थ, पारदर्शी, बैज्ञानिक र कामको मुल्यांकनको आधारमा नहुन्जेलसम्म काङ्ग्रेसको महाधिवेशन विवादरहित, स्वस्थ, समयानुकूल निति र नेतृत्वसहित निर्धारित समयमा सम्पन्न गर्न चुनौती बन्ने नै छ । नेपाली काङ्ग्रेसको बिधान र नियमावलीमा क्रियाशिल सदस्यहरुको काम कर्तव्य र अधिकारका बिषयमा सुस्पष्ठ ब्यवस्था गरेको भएपनी ब्यवहारमा कार्यान्वयनको अभावले क्रियाशिल सदस्यहरु आफ्नो भुमिकाबाट बिमुख भैरहेका छन्। क्रियाशिल सदस्यले पनि आफ्नो काम कर्तव्य र अधिकारप्रती जिम्मेवार र उत्तरदायी भएर न्याय गर्न सक्नुपर्छ । अहिले नेपाली काङ्ग्रेसले विदेशस्थित जन-सम्पर्क समिति र स्वदेश नेपालमा गरि कुल पाँच लाख क्रियाशिल सदस्य रहेको दाबी गर्दछ भने आशन्न १४ औं महाधिवेशनमा प्रत्यक्ष भाग लिन सक्ने गरि कुल क्रियाशिल सदयको पचास प्रतिशत थप गर्नसकिने निर्देशन जारी गरिसकेको छ भने सतप्रतिशत अर्थात सय प्रतिशत क्रियाशिल थप गर्ने चर्चा पनि चलेको छ । सदस्य संख्या वृद्धि गरिनु संगठनको बिकाश बिस्तार नै हो, खुशीको बिषय नै हो । मेरो धारणा सदस्यता वितरण गर्नुहुदैन भन्ने कदापि होइन । तर पार्टी सदस्यता प्रदान गर्ने कुनैपनी मापदण्डको तयारी बिना सदस्यता बितरणले गम्भीर प्रश्न कहाँनेर उठ्छभने पार्टीका नीति तथा कार्यक्रमलाई जनस्तरसम्म पुर्याउन भएका सदस्य संख्या कम भएर हो वा थाम्नै नसक्ने गरि क्रियाशिल सदस्यताको लिखित माग भएर हो वा महाधिवेशन आफ्नो पक्षमा पार्नका लागि निर्वाचन लक्षित गरेर सदस्य थप गर्नुपरेको हो रु यसको तर्कसंगत पुष्टि नभै अधिबेशनको मुखमा आएर सामान्य लेबि बुझाउदैमा पाउने क्रियाशिल सदस्यका कारण कतै पार्टीभित्र लामो समय योगदान गरेका पार्टीप्रती ईमानदार र निष्ठावान कार्यकर्तालाई पाखा लगाएर पार्टीको संगठन कब्जा गर्ने षड्यन्त्र त होईन भन्ने प्रश्न स्वभाविक उठ्न सक्दछ । तसर्थ संगठन भित्र देखिने यस्ता संसयलाई समयमै नितिगत रुपमा किनारा नलगाउने हो भने पार्टी संगठन बिस्तार गर्ने नाममा थप संकटको भुमरीमा फस्न सक्दछ ।

पार्टीको अधिवेशन वर्षमा आएर वा अधिवेशन घोषणा भैसकेपछी सदस्यता नविकरण, क्रियाशिल सदस्यता सिफारिस र बितरण प्रक्रिया नै खोटपुर्ण छ । पार्टीको बिधानले व्यवस्था गरेको चार वर्षे कार्यकाल र विशेष परिस्थितिमा एक वर्ष थप गर्न सकिने बाध्यात्मक अवस्थालाई सहुलियत सम्झेर पाँच वर्षमा अधिवेशन गर्ने परम्परा नै भएको छ । यही पाँचौं वर्षमा अर्थात अधिवेशन घोषणा भैसकेपछि सदस्यता नविकरण, क्रियाशिल सदस्यता सिफारिस र बितरण गर्ने हाम्रो प्रचलनले अधिवेशन अस्वस्थ हुनेगरेको छ । तसर्थ यसलाई सच्चाउन जरुरी छ । अधिवेशन भएको वर्ष देखिनै प्रत्येक वर्ष बिधानतस् योग्य ठहरिएका व्यक्तिलाई क्रियाशिल सदस्य सिफारिस गर्ने र अधिवेशन वर्ष अथवा चौथो वर्षमा क्रियाशिल प्रमाणपत्र उपलब्ध गराईसक्ने हो भने मात्र सदस्यताको प्रमाणपत्र पाएका सदस्यले अधिवेशनमा प्रतिस्पर्धा गर्न सक्छन अन्यथा अहिलेको जस्तै सदस्यता प्रमाणपत्र प्राप्त नहुदै प्रतिनिधिको रूपमा सहभागी हुने अबैधानिक स्थितिको पुनरावृत्ति भैरहनेछ । क्रियाशिल सदस्यताको नवीकरण प्रत्येक वर्ष गर्नुपर्ने बिधानमा ब्यवस्था भएपनी अभ्यासमा त्यो नगरीनुले क्रियाशिल सदस्यको अध्यावधी नहुने, आफ्ना सदस्यहरू कहाँ कुन स्थितिमा छन् संगठनमा जानकारी नहुने, स्दस्यता दोहोरो स्थानमा हुने, सदस्यहरूको सुझाव र जनगुनासोको उचित सम्बोधन नहुने र क्रियाशिल सदस्यहरुको काम गर्ने उर्जामा कमि आउने कारणबाट संगठनलाई क्षति पुग्ने गरेकोछ । प्रती महिना बीस रुपैयाँ लेबि शुल्क बुझाउनुपर्ने मासिक रूपमा संकलन नगरी पाँच वर्षको एकैपटक बुझाउदा आर्थिक भार बढी पर्नाले लेबि महङ्गो भएको गुनासो र सोही कारणले नविकरण गर्न नसकेको बाध्यता समेत छ । तसर्थ सदस्यता नवीकरण शुल्क मासिक रूपमा बुझ्ने र बुझाउने ब्यवस्था सके लेबि संकलनमा सहज हुने, पार्टी र अफ्ना सदस्यबीच सम्बाद र अन्तरक्रिया छिटोछिटो हुने हुन्छ जसका कारण स्थानीय कार्यकर्ताको भावना पार्टीको निति तथा कार्यक्रममा समाबेश गर्दै कार्यकर्तामुखी निति निर्माण हुनसक्दछ । संगठन गतिशील र चलायमान हुन्छ ।

पार्टीको गौरवशाली इतिहास पढाएर वा सुनाएर मात्र अबको राजनैतिक कार्यभार पुरा हुन सक्दैन । राजनीतिको पुरानो बिकृत शैली र प्रबृतिलाई अनिवार्य परिवर्तन जरुरी छ । बिकृत पुरानो राजनैतिक शैली र संस्कारबाट नयाँ पुस्तालाई न बिश्वास दिलाउन सकिन्छ न आकर्षण गर्न सकिन्छ न नेतृत्व न परिचालन नै गर्न सकिन्छ । तसर्थ समयानुकूल संगठन निर्माणका लागि प्रशिक्षित कार्यकर्ता समयसापेक्ष नीति र नेतृत्व अहिलेको आवस्यकता हो। अहिलेको सन्दर्भमा पार्टी पुरानो भएर जनताको अभिमतबाट टाढा भएको होइन प्रशिक्षित अनुशाशित र उर्जावान कार्यकर्ता, समयानुकूल नीति तथा कार्यक्रम तर्जुमा र कार्यान्वयन र त्यसलाई नेतृत्व गर्ने शाहसी र दुरदर्शि नेतृत्वको अभावमा काङ्ग्रेस चाउरिएको हो, जनतासङ्ग जोडिन नसकेको हो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणसङ्गै देश अहिले राजनीतिक र प्रशासनिक रूपमा तीन तह  केन्द्र, प्रदेश र स्थानीय को संरचनामा अभ्यासरत छ भने नेपाली काङ्ग्रेसको बधानले आठ तहको साङ्गठनिक संरचना टोल, वडा, गाउँ रनगर, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधि सभानिर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्र को ब्यवस्था गरेको छ । जसमध्ये तीन तह  टोल, वडा र गाउँ रनगर कार्यसमितिको अधिबेशनमा सम्बन्धित संरचनाका सम्पुर्ण क्रियाशिल सदस्यमध्येबाट नेतृत्व चयन वा निर्वाचित गर्ने र बाकी पाँचवटा तह  प्रदेश सभा निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्र, जिल्ला कार्यसमिति , प्रदेश अधिबेशन प्रतिनिधि, महाधिवेशन महासमिति प्रतिनिधि मा क्रियाशिल सदस्यमध्येबाट सम्बन्धित वडाबाट चयन भएका प्रदेश सभा क्षेत्रीय प्रतिनिधि मार्फत चयन भएका प्रतिनिधिले चयन गर्ने व्यवस्था भएकाले आफ्ना सम्बन्धित वडाबाट ईमानदार र सक्षम नेतृत्व र प्रतिनिधि छनौट गर्न के नयाँ के पुराना, के युवा के व्यस्क, के महिला के पुरुष सबै मिलेर पार्टीको गौरवशाली क्रान्तिकारी इतिहासको रक्षार्थ, भरोसायोग्य जनताको पार्टी निर्माण गर्न, अघिल्लो पुस्ताको योगदान र नयाँ पुस्ताको भबिस्य सुनिश्चित गर्न एकपटक यसपटक सतर्कता अपनाएर आग्रह, पुर्वाग्रह, निजि स्वार्थ, गुट, उपगुटबाट माथी उठेर कुनै भवितव्य या नेतृत्वतहको दृढ इच्छाशक्ति रह्यो भने २०७७ पौष ६ गतेदेखि शुरु हुने अधिबेशनमा केवल काङ्ग्रेस र काङ्ग्रेसको सच्चा सीपाही बनेर वास्तविक क्रियाशिल सदस्यको भुमिका निर्वाह गरौँ ।लेखक नेपाली कांग्रेसका युवा नेता हुन् ।