गुल्मी सम्पर्क समिति दक्षिण कोरियाबाट बाढी पहिरो पीडितलाई २ लाख ८४ हजार आर्थिक सहयोग

३ भाद्र २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


मनोज कार्की ,भाद्र २, गुल्मी । गुल्मीको इस्मा गाउँपालिका वडा न १का बाढी पहिरो पीडितलाई राहत तथा आर्थिक गरिएको छ । मंगलबार गुल्मी सम्पर्क समिति दक्षिण कोरिया मा रहेका यम खत्री र चन्द्र रानाको पहलमा संकलन गरिएको २ लाख ८४ हजार रकम एक कार्यक्रमका साथ हस्तान्तरण गरिएको हो । यहि असार १८ गते अविरल वर्षाले गएको पहिरोका कारण २ जनाको मृत्यु भएको थियो करिब २०० घर बिस्थापित भएका थिए ।

हाल रोजगारीको लागि दक्षिण कोरियामा रहेका यम खत्री र चन्द्र रानाको पहलमा संकलन गरि पठाइएको रकम रेडियो रेसुङ्गा कि स्टेशन म्यानेजर अनिता खत्रीले वडा अध्यक्ष चुरा बहादुर खत्रीलाई हस्तान्तरण गर्नुभएको थियो ।राम कुमार बिष्टले व्यक्तिगत रुपमा १० हजार भन्दा बढी सहयोग पठाउनु भएको थियोदक्षिण कोरिया बाट संकलनगरि पठाइएको रकम बाढि पहिरो पीडितहरुलाई क ,ख , गमा वर्गीकरण गरि हस्तान्तरण गरिएको वडा अध्यक्ष चुरा बहादुर खत्रीले जानाकारी दिनुभयो ।क वर्गका २ घरलाई ८ हजार ,ख वर्गका ३४ घरलाई ५ हजार ५ सय र ग वर्गका २३ घरलाई ३ हजार ५ सयका दरले नगद २ लाख ८४ हजार रकम प्रदान गरिएको छ । वडाध्यक्ष खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा त्यस वडाका वडा सचिव भिमकान्त शर्मा रेग्मीको स्वागत मन्तव्यमा नेकपाका स्थानीय नेता नारायण कुँवरले कार्यक्रम सञ्चालन गरेका थिए ।

कहाँ बाट कति आर्थिक सहयोग- बाढि पहिरो पीडितलाई इस्माली समाज जापनबाट २ लाख ९२ हजार , दक्षिण कोरियाबाट दिपेश खत्री , वसन्त खत्री र विकल्प महतको पहलमा २ लाख ९४ हजार , वामी सेवा समाज जापान मुन पा बाट २२ हजार , गुल्मी सेवा समाज कतारबाट ५१ हजार १ सय १५ , यु के खेलकुद समाजबाट ३२ हजार , दक्षिण कोरियाबाट यम खत्री र चन्द्र रानाको पहलमा २ लाख ८४ हजार आर्थिक सहयोग भएको वडा कार्यालयले जानकारी दिएको छ । नेपाली कांग्रेस गुल्मी जिल्ला कार्य समिती, नेपाली कांग्रेस गुल्मी काठमाडौ सम्पर्क समिती ,आपत्कालिन उद्वार सस्था इस्मा २ छल्दिटार , जिल्ला बिपत ब्याबस्थापन समिती , नेपाल सि भि ल बैंक प्रदेश ५ र इस्मा गाउँपालिका लगाएतले बाढी पहिरो पीडितलाई खाद्यान्न , त्रिपाल, पानी बितरण गरेका छ्न । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष खत्रीले यस्तो बिपत्तिको समयमा सहयोग गर्न्नुहुने सबैमा धन्यवाद व्यक्त गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया