महामन्त्री खड्कालाई पार्टीको ठुलै तप्काको साथ तर हेर र पर्खको रणनीतिमा

३ भाद्र २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


प्रकाश अधिकारी भदौ २ गते-नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पार्टी सभापतिको लागि उम्मेदवारहरूको आकांक्षीहरू आधा दर्जनभन्दा बढीको नाम चर्चामा आइरहेको छ। पार्टी सभापति शेरबहादुर देउवा पुनः सभापतिको तयारी गरिरहेका छन्। त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा।शशांक कोइराला,केन्द्रीय सदस्य शेखर कोइराला,प्रकाशमान सिंह लगाएतको नाम बाहिर आइरहेको छ।

यसरी पार्टीका नेताहरूको नाम सभापतिको पदमा चर्चामा आउदा के महामन्त्री पूर्णबहादुर खड्काको पनि सभापतिमा उम्मेदवार रहन सक्दैन भन्न सकिदैन। उनलाई पनि सभापतिमा लड्नुपर्छ भन्ने ठुलै तप्काको साथ रहेको छ। पार्टी भित्र शालीन,भद्र,बौद्धिक र स्पष्ट व्यक्तिका रूपमा परिचित छन् भने संगठनात्मक हिसाबले पनि दोस्रो तहका अन्य नेता भन्दा कमजोर छैनन् तर हेर र पर्खको रणनीतिमा छन्।

पद, पैसा र ‘पावर’लाई त्यागेर आदर्श, निष्ठा र कर्मलाई अँगाल्लेका राजनीतिज्ञ कृष्णप्रसाद भट्टराईको अनुयायी रहेका महामन्त्री खड्का सुर्खेतबाट २०४८,२०५१,२०५६,२०६४ सालमा निर्वाचित सांसद तथा दोस्रो संविधानसभा चुनावमा समानुपातिक सांसद थिए। खड्का पटकपटक केन्द्रीय सदस्य,सहमहामन्त्री हुदै महामन्त्री भएका छन्। पार्टीको तहगत संरचनाको विभिन्न पद सम्माल्दै आएका खड्का लोकप्रिय नेता पनि हुन्। स्व।खुमबहादुर खड्काको टिममा रहदादेखि नै महामन्त्री खड्कालाई सो टिमका पक्षको बलियो साथ र सहयोग रहदै आएको छ। महामन्त्री खड्काले १४ औँ महाधिवेशनमा कुन पदमा लड्ने भन्नेबारे अहिलेसम्म मुख खोलेको अवस्था भने छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया