गच्छदारको क्षेत्रवाट खांणले ल्याएकोे योजनाको वास्तविकता यस्तो छ , डिजाईन परिर्वतनपछि पुरा हुने भो पुल सपना

३ भाद्र २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


बुटवल ३ भदौं ।  नेपाली कांग्रेसका प्रभावशाली नेता वालकृष्ण खांणले २०७४ सालको निर्वाचनमा पुल अभावको असर नराम्रो संग व्यहोरे ।  तत्कालिन समयमा क्षेत्र न ३ मा रहेको खांणको निर्वाचन क्षेत्र तिनाउ वारी परि दुवै तर्फ थियो । जस अन्तरगत तिनाउ पारिका ७ गाविस तथा तिनाउ वारीका ४ गाविस गरि ११ गाविस उनको निर्वाचन क्षेत्र थियो ।  जसमा तिनाउ पारिका सेमलार ,खडगवनगाई ,फसार्टिकर , मानपकडी, अमुवा,हर्नैया र दायनगर थिए भने वारीका शंकरनगर, आनन्दवन, करहैया र टिकुलीगढ थिए । चुनावका वेला समयमो महत्व कति हुन्छ भन्ने कुरा नेता खाणले रामैंसंग बुझेका थिए तर पुर्वाधारको अभावमा उनले आफ्नो निर्वाचन क्षेत्रका जनतासंग जांदा कि त बुटवल भएर पारि जानु पर्दथ्यो कि त भैरहवा पुगेर जानु पर्ने वाध्यता थियो ।

उनले त्यस क्षेत्रका जनताको दैनिक कठिनाई पनि राम्रोसंग बुझे र प्रण गरे कि चुनाव जिते पनि नजिते पनि मणिग्राम मोतिपुर पुल निमार्ण गरेरै छाड्ने । उनको पुल निमार्णको सपनालाई वल पुग्ने गरि चुनाव जिते र मन्त्री पनि भए । तर सरकार सहमतिको भएका कारण उनले आफु सिंचाई मन्त्री भएपनि तत्कालिन भौतिक योजना मन्त्री विजय गच्छदारले आफ्नो निर्वाचन क्षेत्र सुनसरीमा पुलको योजना पुर्याएका थिए । तर नेता खांणको आफ्नै निर्वाचन क्षेत्रको पिडा सुनेपछि तत्कालिन मन्त्री गच्छदारले रुपन्देहीको मणिग्रामका लागि पुलको योजना दिएका थिए । बजेट योजनासहित २०६७ सालमा नेता खांणले आफ्नै उपस्थितीमा पुल निमार्णका काम अघि बढाए । ईन्जिनियरिंङ रुपमा पुलको डिजानमा समस्या देखिएपछि पुल शिलन्याश भएको लामो समयसम्म पनि अघि बढ्न सकेन । पुलको एकातर्फको पिलरमा चट्टान भएपछि त्यसको निमार्ण रोकियो । यो विषयमा नेता खाणले पुलचोक ईन्जिनियरिङ कलेमा पुगेर विज्ञहरुसंग धेरै पटक छलफल र संवाद गरे ।

त्यसको फलस्वरुप पुलको डिजाईन नै परिर्वतन गरियो । पुल निमार्णको जिम्मेवारीमा रहेको सडक डिभिजन बुटवलका एक जना ईन्जिनियरले विगतमा वेल फाण्उडेसन सिष्टमको डिजाईन भएको र अहिले पाइल सिष्टमको डिजाईमा रुपान्तरण गरि काम शुरु गरिएको बताए । विगत १० वर्षसम्म निमार्णका लागि कस्तो मोडल तयार पर्ने भन्ने विषयमा विज्ञहरुले निर्णय दिन नसक्दा काम अघि बढ्न ढिलो भएको हो । पछिल्लो समयमा राजनितिक दवावसमेत वढेपछि डिजाईन परिर्वतन गर्न ईन्जिनियरहरु तयार भएका हुन् । त्यसैले पुरानो डिजाईन अनुशारका केहि संरचना भत्काएर भुगोल अनुशारको डिजाईनमा काम अघि बढाईएको हो । यस्तो डिजाईन यस क्षेत्रमै नौलो भएको पनि बताईएको छ । पुलको एकातर्फको संरचना वने पनि अर्को तर्फको काम फरक डिजाईनमा अघि बढ्न लागेको हो ।

मध्य भागममा रहेको यो क्षेत्रलाई जोड्न उक्त पुल निमार्ण भएसंगै यस क्षेत्रकै महत्वपुर्ण आयोजना बुद्ध सर्कीट सडकले पनि गति लिने भएको छ । खासगरि मणीग्राम गोरकटवा मोतीपुर हुदै फर्साटीकर सडकमा पर्ने यो पु्ल कांग्रेस नेता खाणको सपना भएपनि यस क्षेत्रको आर्थिक रुपान्तरणका लागि निकै महत्वपुर्ण भोतिक पुर्वाधार बन्ने निश्चित छ ।तिनाउ नदिका कारण बुटवलसंग जोडिन पश्चिम क्षेत्रको निकै ठुलो धनावस्ती पुलका कारण समिपमा आउने भएपनि स्थानिय पनि निकै हर्सित छन् । सोहि पुल निमार्णसंग नेता खांणले थालेका पत्थरडाडा, योगिकुटी लगायतका कयौं पुल निमार्ण सम्पन्न भएर प्रयोगमा आएपनि मणिग्रामको पुला अलपत्र थियो । अहिले ११ करोड भन्दा वढि लागतमा बन्ने यो पुल अवको एक वर्ष भित्रै पुरा गर्ने लक्ष्यरहेको डिभिजन सडक बुटवलका प्रमुख मेघराज मरासीनीले बताउनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • विद्युत प्रणालीको समस्या तत्काल सम्बोधन गर्न ऊर्जामन्त्रीको निर्देशन
  • जलविद्युत कम्पनीहरुको माग बढ्दा कारोबार र अधिकांसको मूल्य बढ्यो
  • केएल राहुलले बनाए शतक, बैंगलोरले पायो २०७ रनको लक्ष्य
  • बुटवलको कोरोना अस्पतालमा एक महिलाको मृत्यु
  • केएल राहुलले सचिन तेन्दुललकरको रेकर्ड तोड्दै बने आईपीएलमा सबैभन्दा छिटो…
  • वालिङ नपाद्वारा दुःख ब्यक्त
  • पछिल्लो २४ घण्टामा १३ जनाको ज्यान गयो, ठाउँ–ठाउँमा सडक बन्द
  • उपचार खर्च नहुर्दा अस्पतालमै खाड रेम लाल परियार सहयोगको अपिल
  • बबईमा सामुदायिक बिद्यालयको अनुगमन
  • पश्चिम नवलपरासीका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु प्रकाश