गुल्मीमा तीन जना युवाको सामुहिक लगानीमा १करोडको कृषि फार्म

३ भाद्र २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


मनोज कार्की  भाद्र२ गुल्मी – बिश्यब्यापि रुपमा फैलिएको कोरोना भाईरस अर्थात् कोभिड १९ का कारण देशको अर्थतन्त्र नै कमजोर बनिरहेको छ । कति रोजीरोटि नै गुमेको छ त कतिको गुम्नै लागेको छ । तर पछिल्लो समय रोजगारीको लागि बिदेशीएका युवाहरुलाई पनि घरको मोहले सताइरहेको छ । कति त फर्किए र घरपरवार संगै बसेका छन् भने कति कम्पनीको काम छोडि बिदेशमै बसेका छन् । तर गुल्मी तीन युवालाई न त लकडाउन न कोरोना छोएको छ । पछिल्लो समयमा गुल्मीका तीन जना युबाहरु मिलेर उदाहरणिय काम गरेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नं ३ का २१ बर्षिय गोर्कण नेपाली ,२० बर्षिय लक्ष्मण चालिसे,३१ बर्षिय सुनिल पौड्यालले सामुहिक १ करोड लगानीमा Wayroo agricultural farm संचालन गरेका छन् ।
तर यि युवाहरुको कथा भने बेग्लै छ । गोर्कण नेपाली अहिले २१ बर्षका भए उनको सानै देखि चित्रकार बन्ने सपना थियो ।

काम कुरो एकातिर कुम्लो बोकि ठिमी तिर उखान जस्तै कक्षा १० पास गरि अध्ययनको लागि शहर तिर छिरेका गार्कण बिशेमा पुगे । बिशेदबाट चित्रकारीता लाई निरन्तरता दिएका थिए । उनले बनाएका स्केचले प्राय नेपालीको मन छोएको पाइएको छ । नेपालीले नेपालका चर्चित कलाकार धुमुर्स सिताराम कट्टेल,पत्रकार रबि लामिछाने ,सामाजिक अभियानता ज्ञानेन्द्र शाहि , स्पष्ट बक्ता रमेश प्रसाई लगाएत २ सय भन्दा बढि चर्चित ब्यक्तिका स्केच बनाएका छन् । नेपाली जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा पुरस्कृत भई भारत गोल्ड मेडल र प्रमाण पत्र समेत पाएका थिए । उनी कैलालीमा हुने बिपि जयन्तीमा चित्र प्रतियोगितामा भाग लिई विश्व रेकर्ड राख्ने तयारीमा रहेका छन् । नेपाल छोडि भारतीय सेनामा भर्तीहुने प्राय ः युवाहरुको सपना हुन्छ । उनका साथी सुनिल पौड्याल भारतीय सैनिकमा भर्ती भई आफ्नो सपना पनि पुरा गरे । आफुलाई सेनामा बढि दुःख भएको महसुस गरि जागिर पनि छोडे ।

सुनिल भन्छन् मैले सेनाको जागिर छोड्दा घर परिवार देखि समाजले नै नराम्रो मानेको थियो तर मलाई त्यति ठुलो लागेको थिएन। आफुले नेपालमा अध्ययान गरि अगाडि बढ्ने सपना नदेखेपछि उनी बिदेश गए । बिदेशको चर्को गर्मी र पसिना संग आफ्नो मुल्य चुकाएका पौड्यालले आफ्नो देशमा गई कृषिफार्म संचालन गर्ने अठोट निर्णयका साथ उनी नेपाल फर्किए । पौड्याल भन्छन् नेपाली उखान छ नि त आँट म पुराउँछु त्यस्तै भयो मलाई गाउँ फर्किएपछि गोर्कण नेपाली र लक्ष्मण चालिसे संग सल्लाह गरि सबैको निर्णयमा कृषि फार्म संचालन गरियो । अब म होइन हामि मिली बिदेशमा कमाउने पैसा नेपालमा कमाउँने आश लिएको बताए । इस्मा वडा नं ३ मा संचालन गरिएको Wayroo agricultural farmसंचालक लक्ष्मण चालिसे भन्छन् साथीहरुले बिदेशमा भोगेका सबै अनुभब सुने अनि बिदेश जान लगाएको भिजा त्यागि आफ्नै देशमा लगानी गरि कृषि फार्म खोल्ने निर्णय गरँे । अब बिदेश जादाँ लाग्ने पैसा कृषिमा लगानी गर्छु । बिदेशी शासन र दवाव बुझेर खोलिएको सामुहिक फार्म प्रदेश पाचँकै नमुना नहोला भनेर पनि भन्न सकिन्न ।
उनीहरुले फार्मलाई आबश्यक पर्ने २ सय ६१ रोपनी जग्गा लिजमा लिएका छन् । १सय ३१ रोपनीे जग्गाको भाडा बार्षिक ३ लाख बुझाउने गरिे १५ बर्षको लागि सम्झौता गरि सकेका छन् । साथै गोर्कणको ८० रोपनी र लक्ष्मणको ५० रोपनी जग्गा पनि लिएका छन् । भर्खर संचालन गरिएको फार्ममा उन्नत जातका बोका,बाख्रा,उन्नत जातका घासँ,माछा,कुखुरा,अन्य कृषि उपज साथै पशुपन्छी उत्पादन तथा बिक्रि थर्ने तयारी पनि गरेमन छन् । माघ देखि प्रदेश पाँचलाईलाई मासुमा आन्मनिर्भर बनाउने उदेश्यका साथ फार्म संचालन गरिएको फार्मसंचालक सुनिल पौड्यालले जानाकारी दिएका छन् ।

उनीहरुको फार्म नजिकै एउटा पोखरी पनि निर्माण गरेका छन् । निर्माण गरिएको फार्ममा २० हजार माछा अट्ने छन् । उनीहरुले निर्माणधिन फार्ममा ८०० बाख्रा अट्ने गरि फार्म निर्माण गर्दै छन् । प्रदेश न ५ कै मोडेल र आधुनिक बाख्रा फार्म निर्माणाधीन अवस्थामा छ।बाख्रा,उन्नतघासँ,माछा,कुखुरा,अन्य कृषि उपज साथै पशुपन्छी उत्पादन तथा बिक्रि उधोग नामक व ए रो एग्रिकल्चर फार्म उनिहरुले हाल सम्म ३० प्रतिशत काम गरेकोे र आउँदो असोज सम्म फार्मको सबै काम सकाउने तयारीमा युवाहरु जुटाएका छन् । निर्माणधिन फार्ममा मेन्दोला ,इपिइपिल,सिओ थी्र,सिओ फोर लगाएतका २८ प्रजातिका घासँहरु पनि लगाएका छन् । उनीहरुले लगाएको घासँ गुल्मीको मुसिकोट नगरपालिका ,मदाने गाउँपालिका ,इस्मा गाउँपालिका

रुरुगाउँपालिका,कालीगण्डकी गाउँपालिका लाई घासँ बिक्रि गरि १ लाख ८० हजार आम्दानी गरेका छन् । नगरपालिका गाउँपालिकाले आफ्नो घासँ खरिद गरिदिएपछि अझ युवाहरुमा उत्साह थपिएको छ । उनीहरुले संचालन गरिरहेको फार्ममा १ सय ३१ रोपनी। जिल्लामै पहिलो पटक कालिज तथा बोका खसि र कुखुराको मासु उत्पादन गरि जिल्ला र प्रदेश पाचँमा सम्म निर्यात गर्ने तयारीका साथ लागेका बताएका छन् । अहिले २० हजार माछा अट्ने पोखरी र ८०० बाख्रा प्रदेश न ५ कै मोडेल र आधुनिक बाख्रा फार्म निर्माणाधीन अवस्थामा छ। संचालकहरु भन्छन् :सरकारी अनुदान लिदैनौँ  इस्मा गाउँपालिका वडा नं ३मा संचालन गरिएको फार्ममा अहिले अनुदान नलिने बताएका छन् । अनुदान लिएमा आफुहरु काममा जागरुक नहुने भएकालअहिले अनुदानको केहि महत्व नरहेको बताए ।  नेपालीका बुबा इन्द्र बहादुर बोहोरा भन्छन् मेरो छोराले स्वदेशमै पसिना बगाउन खोजेको छ । मैले सक्दो लगानी गरिदिएको छु । फार्म कस्तो बनाउने भन्ने छोराकै हातमा छ । बुबाको बुटवलमा पनि ब्याबसाय गर्दे आएका छन् छोराले गरेको काम देख्दा आफु खुसि भएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • विद्युत प्रणालीको समस्या तत्काल सम्बोधन गर्न ऊर्जामन्त्रीको निर्देशन
  • जलविद्युत कम्पनीहरुको माग बढ्दा कारोबार र अधिकांसको मूल्य बढ्यो
  • केएल राहुलले बनाए शतक, बैंगलोरले पायो २०७ रनको लक्ष्य
  • बुटवलको कोरोना अस्पतालमा एक महिलाको मृत्यु
  • केएल राहुलले सचिन तेन्दुललकरको रेकर्ड तोड्दै बने आईपीएलमा सबैभन्दा छिटो…
  • वालिङ नपाद्वारा दुःख ब्यक्त
  • पछिल्लो २४ घण्टामा १३ जनाको ज्यान गयो, ठाउँ–ठाउँमा सडक बन्द
  • उपचार खर्च नहुर्दा अस्पतालमै खाड रेम लाल परियार सहयोगको अपिल
  • बबईमा सामुदायिक बिद्यालयको अनुगमन
  • पश्चिम नवलपरासीका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु प्रकाश