प्रेस काउन्सिललाई गुटगत प्रचारको गोटी बनाउन खोजीयो कांग्रेस

३ भाद्र २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं, भदौ ३ : सरकारले प्रेस काउन्सिललाई गुटगत प्रचारको गोटी बनाउन खोजेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएको छ। कांग्रेसले काउन्सिलको कार्यबाहक अध्यक्ष नियुक्तिको विरोध गरेको हो। ‘प्रश्न व्यक्तिको होइन विधिको हो, प्रश्न नेपाली प्रेसलाई स्वतन्त्र ढंगले कार्य गर्न सहज तुल्याउने र प्रेसलाई मर्यादित राख्न कसैको दबाव मुक्त उत्प्रेरणाको कार्य गर्ने थलोको हो,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सरकारले ठाडै हस्तक्षेपमार्फत काउन्सिललाई नेकपा, त्यहाँभित्र प्रधानमन्त्री निकट गुट, अझ त्यहाँ भित्रपनि केही निश्चित व्यक्तिको नियन्त्रणमा राख्ने ढंगले चालिएको कदमप्रति नेपाली कांग्रेसको प्रष्ट विमती छ।’

कांग्रेसले कार्यबाहक अध्यक्ष तोक्ने निर्णय फिर्ता लिन माग गरेको छ। सरकार नियन्त्रित प्रेसको बाटोमा रहेको भन्दै पत्रकार महासंघ, प्रेस युनियन र अन्य सरोकारवाला संस्थाहरुसँग संवाद र सहमति बेगर गरिएका र गरिने कुनैपनि कदममा आफ्नो समर्थन नरहने कांग्रेसले जनाएको छ।

सरकारले आइतबार दुर्गा भण्डारीलाई काउन्सिलको सदस्य नियुक्त गरेको थियो। त्यसको भोलिपल्ट काउन्सिलको नियमावली संंशोधन गरि भण्डारीलाई कार्यबाहक अध्यक्ष तोकेको थियो। नियमावली संंशोधन गर्नुअघि अध्यक्ष नभएको अवस्थामा काउन्सिलकै सदस्यहरुले वरिष्ठ सदस्यलाई कार्यबाहक दिने व्यवस्था थियो।@kathamandupress

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • कक्षा १२ को परिक्षाफल आउन अझ केही दिन लाग्ने
  • सुरु भयो कोरोना खोप अभियान
  • बुवाको स्मृतिमा शक्ति गौचनले तेस्रोपटक क्रिकेट प्रतियोगिता गराउँदै
  • कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’ बुधबार बिहान १० बजेदेखी लुम्बिनी प्रदेशका…
  • विघटन भएको प्रतिनिधिसभा पुनस्र्थापनाको कुनै संभावना छैन : अर्थमन्त्रि पौडेल
  • अदालतको काम संविधानको रक्षा गर्ने तथा व्यवस्थापिकालाई ठिक स्थानमा राख्ने…
  • पुर्वाग्रहबीना सदस्यता सिफारिस गर्न प्रेस युनियन रुपन्देहीद्धारा महासंघको ध्यानाकर्षण
  • रुपन्देहीको सियारी गाउँपालिकामा खरका छाना विस्थापित गरिने
  • धुर्कोट प्रमानन्द भण्डारी बहुमुखी क्याम्पसको १२ औँ बार्षिकोत्सव सम्पन्न
  • महिला स्वास्थ्य स्वयंसेविकाहरु लाई साईकल प्रदान