लघु चलचित्र “नासो ” को ट्रेलर सार्बजनिक, पुराना देखि नया कलाकार एकै ठाउमा

३ भाद्र २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


सुदिप गौतम / बुटवल- यतिबेला कोरोना भाईरसका कारण चलचित्र छायांकन सम्पादन र प्रदर्शन कार्यहरु प्रभावित भएका छन । लकडाउन खुकुलो भएर केहि सहज भएपछी बिभिन्न म्युजिक भिडियोको छायांकन पनि भएका थिए । तर यहि जोखिमका बिचमा पनि सामाजिक कथाबस्तुमा आधारित लघु चलचित्र ” नासो ” को छायांकन सामाजिक दुरी कायम राखी सुरक्षित तरिका अपनाएर निर्माण गरिएको छोटो चलचित्र “नासो ” को ट्रेलर आज बुढा सुब्बा डिजिटलको आधिकारिक युट्युब च्यानल देखि सार्बजनिक भएको छ ।

सडक बालबालिकाले भोग्नु पर्ने पिडामा आधारित रहेर यो लघु चलचित्र निर्माण गरिएको निर्माता भिमसेन श्रेष्ठ (प्रेम )ले जानकारी दिएका छन ।गोल्डेन बुद्ध रियल स्टेट प्रा लि र जी एस मुभी मेकर्सको संयुक्त प्रस्तुतिमा निर्माण भएको हो । चलचित्रले पछिल्लो समय सामाजिक संजालले ल्याएको बिकृतिको बारेमा पनि कथाको माध्यम बाट दर्शाउन खोजिएको उक्त लघु चलचित्रका लेखक सुदन गौतम “सिड ” ले जानकारी दिए ।चलाचित्रमा राज जि सी ,मनिषा सुनार, गिरि प्रसाद सुनार,सुसान्त एस बि एन, रचना गौतम ,भुवन खड्का, हिमाल जी सी ,श्याम कालिराज,लक्ष्मण कालिराज ,भिमसेन श्रेष्ठ ,सुस्मा राना मगर , सुरेश नेपाल ,सुमित्रा गौतम , सुदिप गौतम, गीता केसी बाल कलाकार बिस्मिता थापा र सन्तोषी श्रेष्ठ लगायत अन्य कलाकारहरुको अभिनय हेर्न सकिन्छ । उक्त चलचित्रमा छायाकन सम्पादन र निर्देशन दिपक परियारले गरेका छन । दिपक यस क्षेत्रको प्रतिभा साली क्यामेरामेन र निर्देशकको रुपमा चिनिन्छन ।

उनले चर्चित कलाकार संग बिभिन्न म्युजिक भिडियो चलचित्रमा काम गरेका छन । केहि समय अघि चलचित्र ” धुम्लि” को निर्देशन गरेका थिए । तर अहिले कोरोना भाईरसका कारण नेपाल सरकारले चलचित्र हल बन्द गरेका कारण चलचित्रको प्रदर्शन अहिले रोकिएको छ। हेरौ आज सार्बजनिक भएको यो ट्रेलर

 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सामूहिक रुपमा आलु खेती गर्दै दलित महिलाहरु
  • सामुदायिक बिद्यालयका बिद्यार्थिलाई शैक्षिक सामाग्री बितरण
  • तिलोत्तमामा ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम’
  • टिप्परको ठक्करबाट एक जनाको मृत्यु
  • ‘बेटर व्रिक–नेपाल कार्य अनुपालक अधिकृतहरुका लागि कार्यशाला गोष्ठि सम्पन्न’
  • मन्त्री अर्यालद्वारा कोटाकोटमा सामुदायिक भवन तथा मंदिर निर्माणकार्यको शिलन्यास
  • युवा नेता भण्डारीले गरे गुल्मेली विद्यार्थीलाई छात्रावृत्तीमा अध्ययन गराउने घोषणा
  • आज आइतबारको राशिफल
  • रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा रक्तदान
  • महिलाहरुको सक्रियताले दीगो आर्थिक प्रगती सम्भव : अध्यक्ष गैह्रे