सार्वजनिक सुनुवाई कार्यक्रममा योजना तथा कार्यक्रमको सार्वजनिकरण

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली-भदौ ३, बराखुटि देउखुरी दाङ- सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि राप्ती गाउँपालिका वडा नं २ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गत आर्थिक वर्ष २०७६।७७ को योजना तथा कार्यक्रमको समिक्षा गर्दै यस आर्थिक वर्ष २०७७।०७८ को योजना तथा कार्यक्रमको वडा नं २ ले समाजिक दुरी कायम राख्दै सार्वजनिक सुनुवाई कार्यक्रममा सार्वजनिकरण गरेको हो ।सार्वजनिक सुनुवाई कार्यक्रममा गत वर्षका सम्पुर्ण योजनाको रकम, कार्य प्रगति, हुन नसकेको कामका कारण, कोभिड १९ को प्रभाव तथा वडाबाट खर्च भएको विवरण लगायतका विषयमामा वडा अध्यक्ष जगत बहादुर थापाले उपस्थीत सेवाग्राहि तथा सरेकारवालाहरुलाई जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा वडा कार्यालयले प्रदान गरेका सेवा आ।व। २०७६।७७मा सम्पादन भएका कामहरुको वारेमा जानकारी गरिएको छ । गत वर्षमा वडाले नागरिकता तथा नागरिकताको प्रतिलिपीे सिफारिस १५१ वटा, जन्मदर्ता , मृत्युदर्ता, बसाइसराई दर्ता, विवाह दता, सम्बन्ध विच्छेद दर्र्ता, अन्य सिफारिसहरु, लिखत प्रमाणित तथा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको नाम नविकरण गरिएको संख्या जानकारी गरिएको थियो । गाउँपालिकाको कृषि तथा पशुसेवा शाखाका कार्यक्रम, मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम लगायतका कार्यक्रम कार्यान्वयनमा सहजीकरण गरिएको समेत जानकारी गरिएको थियो ।वडा अध्यक्ष जगत बहादुर थापाको अध्यक्षता तथा प्रदेश नं ५ सदस्य माननिय ईन्द्रजित थारुको प्रमुख आथित्यता तथा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको विशिष्ट आथित्यतामा भएको समिक्षा , सार्वजनिकरण र सार्वजनिक सुनुवाई कार्यक्रम मा गत वर्षको योजना तथा कार्यक्रमका वारेमा बुदागत रुपमा जानकरी गरिएको छ ।
गत आर्थिक वर्षमा भूमि कर मालपोत वाट ३ लाख ६ हजार २ सय ५४ रुपैया र गैर कर नगदी वाट ४ लाख ६४ हजार १ सय ७० रुपैया आम्दानि भएको समेत जानकारी गरिएको छ ।

आर्थिक वर्ष २०७६।७७ का योजना तथा कार्यक्रमहरुको समिक्षा गर्दै कार्यक्रममा पशु वद्धाश्रममा पशु आहारा कार्यक्रम, २ नं। वडामा स्वास्थ्य शिविर, क्षमता अभिवृद्धि तालिम, खेलकुद कार्यक्रम संचालन, दृष्टिबिहिन छात्रछात्राहरुलाई सांकेतिक सामग्री खरिद तथा वितरण, बाउन्नेपाटामा कटाई सिलाई, स्यानीघोष होम स्टे व्यवस्थापन, २ नं। वडाको निगरानी समूह वैठक तथा खर्च, २ नं वडामा बालविकास केन्द्रहरुमा भित्ते लेखन, एकतानगर तिनकुने चोक उत्तर तर्फ माटो पाट्ने र ग्रेवल गर्ने, कठाहा गोइन्द्री कुलोमा कल्भर्ट तथा सडक निर्माण, कठाहा बिच गल्ली ग्रेवल, बाउन्नेपाटामा ह्युमपाईप जडान कार्य, मौवा बुटे टोेल, बुटेनी टोल, माउते टोल, बीच गल्ली नयां ट्रयाक खोलेको बाटोमा ग्रेवल, रामनगर हाईवे कटेशनाला बराखुटी कुलो सम्म सडक स्तरोन्नती, स्यानीघोष बगासोती सडक मर्मत, हर्षेडांडा खुरुरीया बाटो स्तरोन्नती, विद्युत पोल खरिद तथा जडान, बराखुट्टी अधरो नाला निर्माण, २ नं। वडाको वडा कार्यालय भवन निर्माण, अधुरो महिला भवन निर्माण, कठाहा चौतारी मर्मत, कालिका चोक डुवान क्षेत्र व्यवस्थापन, पुन्यपुर बाटो, निर्माण, पशु वृद्धाश्रमको गोठ व्यवस्थापन, पशु वृद्धाश्रमको पर्खाल निर्माण, वृहत खा।पाको भवनमा सेड निर्माण, मुक्त कमैया सार्वजनिक भवन निर्माण लगायत ४६ योजना तथा कार्यक्रमका विषयमा छलफल समेत गरिएको छ ।