कोरोनाबाट आज मात्र ७ जनाको मृत्यु, ६८१ संक्रमित

प्रकाशित मिति:

३ भदौ, काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । ६८१ जनामा संक्रमणको पुष्टि भएको छ । पर्सामा दुई जनाको मृत्यु भएको छ भने काठमाडौं, भक्तपुर, मकवानपुर र सुनसरीमा एकएक जनाको मत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका भिश्वा बस्ने ५७ वर्षीयको उपचारका लागि नारायणी अस्पतालमा लगिएकोमा मंगलबार दिउँसो ३ः३० बजे मृत्यु भएको हो । जिन एक्स्पर्ट विधिमार्फत कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो ।वीरगञ्ज–४ विर्ता बस्ने ८४ वर्षीय कोरोना संक्रमित पुरुषको गण्डक अस्पतालमा उपचारका क्रममा मंगलबार राति १०ः३० बजे मृत्यु भएको छ । सुनसरीमा ७१ वर्षीया महिलाको बुधबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ । २३ साउनमा संक्रमण पुष्टि भएकी उनी २४ गते अस्पताल भर्ना भएकी थिइन् ।
भक्तपुर, सूर्यविनायककी ६१ वर्षीया महिलाको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१ चौकीटोलकी ६१ वर्षका पुरुषमा मृत्युपछि संक्रमण पुष्टि भएको छ । उनको मंगलबार राति मृत्यु भएको थियो ।काठमाडौं महानगरपालिका असनका ९४ वर्षका वृद्धको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । निमोनियाका बिरामी उनको भदौ १ गते मृत्यु भएको र २ गते स्वाब सं‌कलन गरी बुधबार रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको हो ।वीरगञ्ज महानगरपालिका रेशमकोठीकी कोरोना संक्रमित ४० वर्षीया महिलाको वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा उपचारको क्रममा बुधबार दिउँसो सवा ४ बजे मृत्यु भएको हो । उनमा भदौ २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।यससँगै कोराना संक्रमणबाट मृत्यु हुनेको संख्या १२४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भने वीरगञ्जमा तीन जना र हेटौंडाका एक जनाको मत्यु समावेश गर्न बाँकी छ ।@onlinekhabar