नेकपा एमाले दर्ता गर्ने निर्वाचन आयोगको निर्णय

३ भाद्र २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं, भदौ ३ : निर्वाचन आयोगले नेकपा एमाले दर्ता गर्ने निर्णय गरेको छ। पार्टी दर्ताका लागि निवेदन परेपछि सत्तासीन दल नेकपाभित्र विवाद चुलिएको थियो। तर, आयोगले दल दर्ता गर्ने निर्णय गरेको छ।

एमाले दर्ताका लागि असारमा आयोगमा निवेदन परेको थियो। प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नै एमाले दर्ता गर्न लगाएको आरोप अर्का अध्यक्ष पुष्पकमल दाहालले लगाउँदै आएका थिए। जसका कारण नेकपाको स्थायी समिति बैठक नै प्रभावित बनेको थियो।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सबै कागजात र हस्ताक्षर प्रमाणित भएपछि दल दर्ता गर्ने निर्णय गरिएको बताए। विराटनगरकी सन्ध्या तिवारी अध्यक्ष रहने गरी पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सामूहिक रुपमा आलु खेती गर्दै दलित महिलाहरु
  • सामुदायिक बिद्यालयका बिद्यार्थिलाई शैक्षिक सामाग्री बितरण
  • तिलोत्तमामा ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम’
  • टिप्परको ठक्करबाट एक जनाको मृत्यु
  • ‘बेटर व्रिक–नेपाल कार्य अनुपालक अधिकृतहरुका लागि कार्यशाला गोष्ठि सम्पन्न’
  • मन्त्री अर्यालद्वारा कोटाकोटमा सामुदायिक भवन तथा मंदिर निर्माणकार्यको शिलन्यास
  • युवा नेता भण्डारीले गरे गुल्मेली विद्यार्थीलाई छात्रावृत्तीमा अध्ययन गराउने घोषणा
  • आज आइतबारको राशिफल
  • रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा रक्तदान
  • महिलाहरुको सक्रियताले दीगो आर्थिक प्रगती सम्भव : अध्यक्ष गैह्रे