कञ्चन गाउपालिकामा लकडाउनको पालना भएन,दोष स्थानिय सरकारलाई

प्रकाशित मिति:

३ भदौ,कञ्चन-रुपन्देहीको कञ्चन गाउपालिकामा दोश्रो चरणको लकडाउन पुर्ण रुपमा पालना भएको छैन । गाउपालिकाले नोवल कोरोना भाइरस ९कोभिड १९० समुदायमा संक्रमण फैलिसकेकोले गाउपालिका लकडाउन गरिएको भनि गाउपालिकाको वेभ साइट र फेसबुक पेजमा समेत प्रकाशन गरेता पनि कञ्चनवासीले लकडाउनको बेवास्ता गरी आफुखुशी सार्वजनिक सरोकारका पसल,संघ,संस्था,बैंक तथा बित्तिय संस्थाहरु,उधेग कलकारखानाहरु समेत सामान्य अवस्थामा जस्तै संचालन गरी लकडाउनको उल्लंघन गरेका छन ।

बिश्वभर महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइरसको जोखिम तथा संक्रमणलाई रोकथाम गर्न नेपाल सरकारले गत २०७६ चैत्र ११ गते देशभर लकडाउन घोषणा गरेसंगै कञ्चन गाउपालिका पनि लकडाउन र शिल समेत भएको थियो । पहिलो चरणको लकडाउनको अवधीमा कञ्चनमा २४ जनालाई कोरोना संक्रमण पुष्टि भएपनि कोरोना संक्रमण पुष्टि भएका सबैजना संक्रमणमुक्त भएसंगै पछिल्लो समयमा कञ्चन गाउपालिका कोरोना संक्रमण मुक्त भएको थियो ।

पछिल्लो पटक छिमेकी देश भारत लगायत तेश्रो मुलुकबाट आएका सबैलाई होम क्वारेन्टाइनमा राख्ने र आर डि टी परिक्षण गर्दा नेगेटिभ आएकाहरुलाई करिव एक हप्तासम्म सेल्फ क्वारेन्टाइनमा राख्ने र आर सड टी पोजेटिभ आएकाहरुलाई मात्र पिसिआर परिक्षण गर्ने सरकारको नीति लिएसंगै कञ्चन गाउपालिकाले पनि बिस्तारै क्वारेन्टाइन हटाई होम क्वारेन्टाइनमा राखे पछि पनि होम क्वारेन्टाइनमा रहेकाहरुको पिसिआर गर्दा कोरोना संक्रमण पुष्टि भएपछि कञ्चनमा पनि समुदायमा कोरोना संक्रमण फैलिएको भन्दै गत साउन ३२ गते गाउपालिकाले गाउपालिका लकडाउन भएको सूचना प्रकाशित गरेको थियो ।

गाउपालिकाले लकडाउन भएको सूचना प्रकाशन गरे पछि गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीसंगको कुराकानीका आधारमा कञ्चन खवर डटकमले समाचार समेत प्रकाशन गरि लकडाउनको पुर्ण पालना गर्न कञ्चनवासीलाई आग्रह गरेको थियो । तर लकडाउन भएको ५ दिन समय बित्दा पनि कञ्चनवासीले लकडाउनको पुर्ण पालना नगरी गाउपालिकाले कुनै अनुगमन गरेन भनि गाउपालिका र जनप्रतिनीधिहरुलाई दोष दिदै आफुखुशी सार्बजनिक सरोकारका पसल,फर्म,बैंक तथा बित्तिय संस्था,होटल तथा रेष्टुरेन्टहरु सामान्य समयमा जस्तै निर्वाधरुपमा संचालन गर्दै आएका छन।
गाउपालिकामा लकडाउनको पालना नभएपछि पुन कञ्चन गाउपालिकाले आज दोश्रोपटक कडा चेतावनी सहितको लकडाउनको पुर्ण पालनाका लागि सूचना प्रकाशन गरेको छ। आज प्रकाशित सूचनामा कुनै भेला,समारोह,जमघट र भिडभाड नगर्न नगराउन, उधोग,ब्यपार,ब्यबसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड बिपरित कार्यहरु नगर्न नगराउन,शैक्षिक संस्थाहरु संचालन नगर्न नगराउन अनुरोध गर्दै निषेधित गतिबिधीको रुपमा उल्लेख गरिएको छ। यसैगरी लकडाउनको अवधीमा फुटपाथमा ठेलागाडा,साइकलमा संचालन हुने कुनैपनि ब्यपार ब्यबसाय, उधोग ब्यबसाय तथा कलकारखाना संचालनका लागि आवस्यक कामदार,श्रमिकहरुको ओसार पसार गर्नमा पनि निषेध गरिएको छ ।