रुपन्देहीको देवदहमा एकजना कोरोना संक्रमितको मृत्यु

४ भाद्र २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


४ भदौ, बुटवल । रुपन्देहीको देवदहमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । देवदह मेडिकल कलेज भलुहीमा उपचाररत देवदह नगरपालिका ३ स्थित शिशपुरका ७० वर्षीय पुरुषको बिहीबार दिउँसो मृत्यु भएको हो ।

देवदह नगरपालिकाका स्वास्थ्य संयोजक काशिनाथ बञ्जाडेका अनुसार बुधबार मात्रै ती पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । मृतकमा उच्च रक्तचाप, पक्षघात र मधुमेहको समस्या समेत रहेको थियो ।

केही दिन अघि भैरहवाको युनिभर्सल मेडिकल कलेजमा उपचार गराएका उनको देवदह मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।उनको निधनपछि कलेजलाई शिल गरी उपचारमा संलग्न चिकित्सकहरुलाई सेल्फ आइसोलेसनमा राखिएको र शिशपुर क्षेत्रमा पनि आवतजावत रोकिएको बन्जाडेले जानकारी दिए ।@onlinekhabar

फेसबुकबाट तपाईको प्रतिक्रिया